यौन दुर्व्यवहारको आरोपमा बालक पक्राउ



हाम्रो इकोनोमि

 

भरतपुर महानगरपालिका-११ को पोखरीचोक बस्ने एक १४ वर्षीय बालकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ । उनले सोही स्थानमा बस्ने एक ७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु ढकालका अनुसार ‘होम ट्युसन’ (घरमै गएर ट्युसन पढाइदिने) पढाउने क्रममा आफूमाथि यौन दुर्व्यवहार गरिएको बालिकाले बताएकी छिन् ।

 

आरोपीका दाजुले ति बालिकालाई ट्युसन पढाउँदै आएका थिए । तर, दाजु नभएकाले भाइ ट्युसन पढाउन गएका थिए । त्यही बेला उनले यौन दुर्व्यवहार गरेको बालिकाको अभिभावकको भनाइ छ ।

 

बालिकालाई मेडिकल टेस्टको लागि पठाइएको छ । मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान गरिने डिएसपी ढकालले जानकारी दिए । आरोपी १८ वर्षभन्दा कम उमेरको भएकाले संरक्षणमा रहनेछन् । तर कारवाही भने कानुनी प्रकृया अनुरुप नै हुने डिएसपी ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...