भारत निरन्तर अमेरिकालाई चिढाउँदै, रुससँग मिसाइल सम्झौता



हाम्रो इकोनोमि

 

भारतले रसियासँग एस–४०० मिसाइल प्रणाली खरिदको सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बीचमा आगामी साता हुने वार्षिक सम्मेलनको क्रममा यस किसिमको सम्झौता हुन लागेको हो ।

 

अमेरिकाले रुससँग हतियार तथा मिसाइल किन्ने मुलुकहरुमाथि प्रतिबन्ध लगाउने बताउँदै आएको अवस्थामा भारतले यस्तो तयारी गरेको हो । भारतले यो प्रणाली नकिनेको खण्डमा रुसले पाकिस्तानलाई सो मिसाइल प्रणाली बिक्री गर्ने तयारी गरेसँगै भारत सम्झौतामा हस्ताक्षर गर्ने अवस्थामा पुगेको हो ।

 

अधिकारीहरुले यो सम्झौता भारतको स्वतन्त्र कूटनीतिको एक उदाहरण रहेको बताएका छन् । यसले आगामी दिनमा भारत हतियार खरिदको लागि कुनै पनि मुलुकहरुसँग निर्भर नरहने सन्देश दिएको उनीहरुले बताएका छन् ।

 

यसअघि भारतको सरकारले ५ एकाइ एस–४०० मिसाइल प्रणाली खरिदको सम्झौता पारित गर्ने निर्णय गरेको थियो । यो सम्झौताले आगामी दिनमा रुससँगको सम्बन्धमा पनि महत्वपूर्ण सुधार आउने अनुमान गरिएको छ ।

 

रुससँग हतियार खरिद गर्ने मामिलामा भारतमाथि कुनै किसिमको प्रतिबन्ध नलगाउनका लागि प्रधानमन्त्री मोदी अमेरिकालाई मनाउने प्रयासमा रहेका छन् ।

 

भारतको ६० प्रतिशत सैन्य हतियारहरु रुसबाट आउने गर्छ । जसको कारण पनि भारत रुसप्रति केही उदार देखिएको हो । पछिल्लो समय भारत रुससँग केही बलियो सम्बन्ध विस्तार गर्ने योजनामा अघि बढिरहेको छ ।

 

यसअघि भारतले इरानसंगै पेट्रोलियम पदार्थ किन्ने भन्दै अमेरिकालाई चिढाएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...