‘तीन महिने सुत्केरीलाई परिवारद्धारा हत्या’



हाम्रो इकोनोमि

 

चार दिनअघि जलेर मृत्यु भएकी भनिएकी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ महुवारी निवासी २३ बर्षिय तारा बरईका माइतीले आफ्नी छोरीको हत्या पश्चात जलाएको आरोप लगाएका छन् ।

 

शनिबार मृतक बरईको माईती पक्षले भैरहवामा पत्रकार सम्मेलन गरी घर पक्षले आफ्नौ छोरीको हत्या गरी पछि जलेर आत्महत्या गरेको भनेर देखाउन जलाएको दाबी गरेको छ ।

 

मृतककी आमा राजमती बरई, बुवा राम बेलास बरई र मामा बाबुराम बरईले पत्रकार सम्मेलनमा ताराको जलेर नभई हत्या पश्चात जलाएर प्रमाण नष्ट गर्ने खोजेको बताए ।

 

मृतकका मामा बाबुराम बरईले भान्जी ज्वाइ घर नभएको मौकामा सासु, ससुरा, जेठान र देवरले हत्या गरी शरिरमा आगो लगाएको आरोप लगाए ।

 

जलेको ब्यक्ती आगोको तापले छट्पटिएर दौडिने कराउने बताउँदै बाबुरामले जलेको कोठाभित्र कुनै पनि यस्तो धुवा र जलेको शरिरको दाग नरहेकोले जलेर आत्महत्या भनेर प्रमाणित गर्न नमिल्ने बताए ।

 

मृतकका परिवारले भने बुहारीले आगो लगाएर आत्महत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

मृतक बरईकी आमा राजमती बरईले छोरीको मृत्यु हुनु भन्दा तीन दिन अघि मात्र घरकाले खान नदिएको भन्दै केही खानेकुरा लिएर आउन भन्दै फोन गरेको बताए ।

ताराका एक छोरा र छोरी छन् ।  छोरी जन्मिएको ३ महिना मात्र पुगेको छ ।

 

प्रहरीले मुद्धा दर्ता गर्न मानेन पीडित पक्ष
मृतकका माईती पक्षले प्रहरीले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएका छन् । भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले मुद्धा दर्ता गर्न नमानेको समेत बताएको छ ।

वकील मार्फत मुद्धा लेखाएर जांदा पनि प्रहरीले मुद्धा दर्ता गर्न नमानेको मृतकका मामा बाबुराम बरईले बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि कुमुद ढुंगेलले घटनाका बिषयमा अनुषन्धान भैरहेको बताए ।

 

उनले भने– ‘उहाँहरु मुद्धा दर्ता गर्न आउनु भएको थियो  मुद्धा लेखाई नया मुलुकि संहिता अनुसार नभएकाले सच्याएर ल्याउन भनेका छौ तपाईहरुको सम्पर्कमा उहाँहरु हुनुहुन्छ भने पनि पठाउनुहोस हामी मुद्धा दर्ता गर्दछौ । तपाईहरुको सम्पर्कमा उहाँहरु हुनुहुन्छ भने पनि पठाउनुहोस हामी मुद्धा दर्ता गर्दछौ ।’

मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् ।

सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् ।

आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिनुभयो । नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ ।

पाइपमार्फत पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको मागलाई आयोजनाले बेवास्ता गरेकाले बाध्य भएर काम बन्द गराउनु परेको पुनले बताउनुभयो ।

वडाध्यक्ष चन्द्रप्रकाश फगामीले स्थानीयवासीको माग सम्बोधन गराउन पहल गरे पनि आयोजनाका प्रतिनिधिले बेवास्ता गरेकाले समस्या भएको बताउनुभयो ।

आयोजनाको सुरुङ निर्माणका क्रममा खानेपानीका मुहान सुकेको स्थानीयवासीले बताएका छन् । पानी निस्किएपछि आयोजनाको सुरुङ निर्माणको कामसमेत प्रभावित बनेको छ । सन् २०१६ को जुन १३ देखि निर्माण शुरु भएको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानको काम साठी प्रतिशतभन्दा बढी सकिएको जनाइएको छ ।

नारच्याङको नीलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध, दुई हजार २८८ मिटर सुरुङ, एक हजार ५०० मिटर पेनस्टक पाइप र बेँशीगाउँस्थित कालीगण्डकीको बायाँ किनारमा विद्युत्गृह रहेको छ । नारच्याङ बेँशीगाउँदेखि बाँधसम्मपुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलिब्रिज निर्माण गरेको छ । आयोजनाको रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...