अन्तर्घातीलाई कारबाही नगरे अर्को चुनाव पनि हारिन्छ : देउवा



हाम्रो इकोनोमि

 

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकता र अनुशासन कायम नभए अर्को निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताएका छन् । कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिद्वारा शनिबार आयोजित दसैँ, तिहार, नेपाल सम्बत् र छठको शुभकामना एवं सम्मान कार्यक्रममा सभापति देउवाले पार्टी बलियो हुन अनुशासन कायम हुनुपर्ने बताए ।.

 

‘हाम्रो पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन जरुरी छ । पार्टीमा अनुशासनको कमी र अन्तर्घात हुँदा हामी निर्वाचनमा हार्न पुग्यौँ,’ नेता कार्यकर्तालाई सचेत बनाउँदै देउवाले भने, ‘निर्वाचनमा देशभर अन्तर्घात भयो । यो अन्तर्घातको गहिरो छानबिन नगरी अर्को निर्वाचनमा जाने हो भने फेरि पनि हामी पराजित हुन्छौँ । त्यसैले पार्टीमा अनुशासन कायम गरेर जानुपर्छ ।’

 

पार्टी एक भए पहिलो पार्टी
पार्टीमा अनुशासन कामय भएर एक भए अर्को चुनावबाट कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सकिने देउवाको भनाइ दाबी थियो । ‘हामी पुनः एक नम्बर पार्टी बन्न सक्छौँ । तर, यसका लागि अन्तर्घातीलाई कारबाही गर्ने र पार्टीमा अनुशासन कामय हुनुपर्छ,’ उनले भने । कांग्रेस एकतावद्ध र बलियो भए मात्र नागरिकमा विश्वास र भरोसा बढ्ने देउवाले बताए ।

 

महामन्त्री डा. शशांक कोइरालाले पनि कांग्रेस अन्य पार्टीसँग नभई आफ्नै पार्टीसँग पराजित भएको बताए । ‘कांग्रेस कम्युनिस्ट वा अन्य पार्टीसँग पराजित भएको होइन,’ उनले भने, ‘कांग्रेसलाई हराउने कांग्रेसी नै हुन् ।’

 

पार्टी एकताबद्ध हुँदा अबको चुनावबाट कांग्रेस एक नम्बरको पार्टी हुने उनको भनाइ थियो । सहमहामन्त्री डा. प्रकाशरण महतले कम्युनिस्टलाई परास्त गरेर आउँदो चुनावमा कांग्रेस एक नम्बर पार्टी बन्ने बताए ।

यी हुन् अर्काकी पत्नी ‘ध्वस्त’ पार्ने पूर्वएमालेका वडाध्यक्ष, प्रहरीकै संरक्षण

कम्युनिस्ट सरकारले नवलपरासी डेढगाउँकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष झकबहादुर कुमाललाई राजनीतिक संरक्षण दिएर राखेको खुलासा भएको छ ।

 

तत्कालीन एमालेबाट वडाध्यक्षमा विजयी भएका कुमाल बलात्कार मुद्धामा प्रहरीमा लिखित जाहेरी पर्दासमेत पक्राउ गरिएको छैन ।

 

वडाध्यक्ष कुमाललाई कम्युनिस्ट सरकारकै दवावमा प्रहरीले पक्राउ नगरेको हो । गत वैशाखमा कुमालले विवाहित महिलालाई बलात्कार गरेका थिए । कुमाल पाँच महिनादेखि गाउँमा घुमफिर गर्दै आएका छन् ।

 

घटनालगत्तै कार्यवाहक छाडेर बेपत्ता भएका कुमाल गाउँमै आइरहने भए पनि पक्राउ परेका छैनन् । वडाध्यक्ष कुमालमाथि स्थानीय विवाहिता महिलालाई डेढगाउँबाट फर्कने क्रममा बलात्कार गरेको अभियोग छ ।

 

कुमालविरुद्ध पक्राउका लागि नवलपरासी वर्दघाट सुस्तापूर्वको प्रहरीमा उजुरी परेको छ । कुमाल तनहुँ बस्ने भएकाले पक्राउका लागि नलवपरासी प्रहरीले पत्राचार गरेको छ ।

वडाध्यक्ष कुमाल हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आवद्ध छन् ।

 

वडाध्यक्ष कुमाल नियमित घर आउने गर्छन् । रात बस्ने गरे पनि कुमाललाई पक्रन प्रहरीले हिममत देखाएको छैन । पीडित परिवारले कम्युनिस्ट सरकारबाट न्याय पाउनेमा आशा मर्दै गएको बताउन थालेको छ ।

 

बलात्कृत महिलाका श्रीमान् विदेश रहेका छन् । ती महिलालाई पत्नीकै रुपमा राखेर बलात्कारको जाहेरी फिर्ता गराउन वडाध्यक्षले प्रयास गरेको आफन्तको दाबी छ । त्यसैले पनि महिला असुरक्षाले दमौली बस्न थालेकी हुन् ।

 

बलात्कृत महिलालाई वडाध्यक्षले पत्नीका रुपमा स्वीकार गरेर मुद्धाबाट बच्न आफन्तहरूलाई दवाव दिने गरेका छन् ।

 

तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले पक्राउको प्रयास भइरहे पनि नभेटिएको दाबी गरे । कुमाल तत्कालीन एमाले तथा हाल नेकपामा आवद्ध छन् । राजनीतिक दबाबका कारण उनलाई नपक्रेको आरोपसमेत प्रहरीमाथि लाग्ने गरेको छ ।

 

प्रदेश सभामा समेत यस विषयमा पटक पटक आवाज उठ्यो । यसअघि केही पटक कुमालको गाउँ पुगेको प्रहरी उनी झुक्याएर भागेकाले पक्रन नसकिएको बताउँदै फर्केको थियो ।

 

प्रदेश सभामा गत साता प्रदेशसभा सदस्य सरिता गुरुङले आवाज उठाएपछि उनलाई पक्रन फेरि प्रहरी टोली गाउँ गएको थियो । उनी गाउँमा नभेटिएको प्रहरी उपरीक्षक शाहले बताएका छन् ।

 

घटनाको लामो समयसम्म समेत पक्रन नसकिँदा एकातिर पीडित महिलाले असुरक्षा भोगेकी छन् भने अर्कोतिर कानूनी कारबाही अघि बढ्न सकेको छैन ।

 

अहिले देशैभर बलात्कारका घटनामा कारबाहीको चर्को दबाब परिरहेका बेला तनहुँमा यति लामो समयसमम पनि दोषी पक्रन नसक्नु दुःखद् भएको प्रदेशसभा सदस्य सरिता गुरुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...