बलात्कारीलाई फाँसी ठीक : गृहमन्त्री



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका लागि अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन बनाउने सोचमा म छु ।’

 

विद्यमान कानुनमा फाँसीको व्यवस्था छैन । गृहमन्त्रीले कठोर सजाय (फाँसी) का लागि कानुन संशोधन गर्न सम्बद्ध पक्षसँग छलफल अघि बढाउने प्रतिबद्धता जनाए । सत्तारूढ नेकपाका प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा शुक्रबार मन्त्री थापाले आफू कानुन फेर्न समेत तयार रहेको सुनाए ।

 

‘विद्यमान संविधान, ऐन र कानुन क्रुर अपराधीलाई पर्याप्त नभएको मलाई महसुस भएको छ’, उनको भनाइ प्रतिनिधिमण्डलका सदस्यले सुनाए ।

 

गृहमन्त्रीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा ठोस कदम चाल्न नसकेको पनि स्वीकार गरेका छन् । ‘निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी घटनालाई निकास दिन नसक्दा मेरो शिर निहुँरिएको छ’, प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले भने ।

 

शाक्य नेतृत्वको टोलीले निर्मला बलत्कार–हत्या र त्यसपछिका दर्जनांै घटनामा सरकार मुकदर्शक भएको भन्दै आलोचना गरेको थियो । उनीहरूले अपराधीलाई समयमै दण्डित गर्न नसक्दा मुलुकभरि दर्जनौं बलात्कार र हत्याका घटना दोहोरिएको भन्दै यथाशीघ्र अपराधीलाई कारबाही गर्न सरकारसँग माग गरे ।

 

‘छ महिनाकी नाबालिकादेखि ७५ वर्षसम्मका हजुरआमामाथि भएका बलत्कार एवं हत्याको रहस्य के हो ? ’ टोलीले गरेको प्रश्न सुनाउँदै शाक्यले भनिन्, ‘दुईतिहाइको कम्युनिस्ट सरकारले नै केही गर्न सक्दैन भने अरुबाट के आशा र विश्वास गर्ने ? ’

 

गृहमन्त्रीले भने निर्मला बलात्कारपछिको हत्या घटनाका अपराधीलाई सरकारले चाँडै सार्वजनिक गर्ने दाबी गरे । पन्त हत्याका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सरकारले किन सावर्जनिक नगरेको भनी आफूहरूले प्रश्न गरेको शाक्यले  बताइन् । ‘बलात्कार र हत्या नियन्त्रणका लागि सरकारले कडाभन्दा कडा सजाय व्यवस्था गर्नुपर्छ भन्यौं’, शाक्यले भनिन् ।

 

टोलीले अपहरण, बलात्कार र हत्यामा सरकारको अश्वासन र प्रतिबद्धता होइन, परिणाम चाहिएको भन्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो ।

 

उनीहरूको विचार सुनेपछि गृहमन्त्री थापाले भने, ‘तपार्इंहरूको कुरा मार्मिक छ, यसले मलाई पनि गम्भीर बनायो । कानुनै फेर्न परे पनि म तयार छु । विद्यमान कानून क्रुर अपराधिलाई पर्याप्त छैन ।अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...