वामदेव पनि माधव गुटमा, गए चियापानमा, भने हाम्रा नेता माधव नेपाल



 

 

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको स्थायी कमिटीका सदस्यको भेलामा अर्का शीर्षनेता वामदेव गौतम पनि सहभागी भए ।

भेलामा नारायणकाजी श्रेष्ठ र सुवास नेम्वाङसमेत सहभागी थिए । तर, नेता गौतमले चाहिँ दुई/चार शब्द बोलेरै माधव नेपाललाई साथ दिए ।

 

नेता नेपालको अगुवाइमा भएको भेलालाई ‘चियापान कार्यक्रम’ को नाम दिइएको छे। एक सहभागी नेताका अनुसार भेलामा कसैको पनि लामो भाषण-भुषण भएन, माधव नेपाल र वामदेव गौतमले आफ्ना कुराहरु राखेपछि चियापान र अनौपचारिक गफगाफ भयो ।

 

भाषण गर्ने कार्यक्रम नभएकाले नेताहरु सहभागी हुने र्फकने क्रम लामै समय चलेको सहभागीले बताए । सबै नेताहरु एकसाथ उपस्थित हुने भन्दा पनि कार्यक्रममा सहभागी भएर र्फकने र आउने नेताहरुको क्रम अघिपछिसम्म चलेको थियो ।

 

माधव नेपालको असहमति दर्ज

 

भेलामा पूर्वप्रधानमन्त्री मााधवकुमार नेपालले सरकार र पार्टीले राम्रो ढंगले काम गर्न नसकेको भन्दै यसको समीक्षा गर्न जरुरी रहेको बताए ।

आफू विदेश जानेबेलामा पार्टी अध्यक्ष केपी ओलीसँग कुरा गरेको र स्वदेश नफर्किकन प्रदेश कमिटी गठन नगर्ने वचन दिएको नेता नेपालले स्थायी कमिटीका नेताहरुलाई बताए ।

 

माधव नेपाललाई उधृत गर्दै स्रोतले  भने- ‘अध्यक्षले तपाई स्वदेश नफर्की निर्णय गर्दिनँ भन्नुभएको थियो, तर म नभएका बेला सचिवालयको बैठक बोलाउनुभएछ, सचिवालयको यो निर्णय मलाई मान्न नभएकाले आजै औपचारिकरुपमा असहमति दर्ज गरेको छु ।’

 

वरिष्ठ नेता नेपालले तत्काल स्थायी कमिटीको बैठक बोलाउन पार्टी नेतृत्वसँग मागसमेत गरेका छन् । ‘मैले स्थायी कमिटीको बैठक बोलाउन माग गरेको छु, यहाँ धेरै कुराहरु नभनौं’ भन्दै नेता नेपालले स्थायी कमिटीका सदस्यहरुलाई चियापानमा सहभागी हुन आग्रह गरे ।

 

माधव नेपाल र नारायणकाजी श्रेष्ठ विदेवमा भएका बेला गत साता नेकपा सचिवालयको बैठक बसेको थियो । सो बैठकले सातवटै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरु मनोनयन गरेको थियो ।

 

नेता नेपालले प्रदेश कमिटी बनाउने निर्णय स्थायी कमिटीको बैठकबाट हुनुपर्ने भन्दै सचिवालयको निर्णय आफूलाई मान्य नहुने बताएका छन् ।

वामदेवले भने- ओली र प्रचण्ड नहुँदा माधवजी नै नेता !

माधव नेपालले बोलाएको भेलामा सहभागी बनेका नेता वामदेव गौतमले केपी ओली र प्रचण्डको अनुपस्थितिमा माधव नेपाल नै सबैभन्दा शीर्ष रहेको बताए ।

‘अरुले बोलाएको भए म यहाँ आउने थिइनँ, माधवजीले बोलाएको हुनाले म आएको हुँ,’ भेलामा नेता गौतमले माधव नेपाललाई भने,’ दुबै अध्यक्ष कामरेडहरु नभएका बेला केही पर्‍यो भने नेतृत्व गर्ने तपाई नै हो, तपाईले बोलाएको हुनाले म आएँ, बोलाएर राम्रै गर्नुभयो ।’

माधव नेपालले बोलाएको भेलालाई ठीक भयो भन्दै समर्थन गरेका गौतमले प्रदेशका इञ्चार्ज र अध्यक्षहरु तोक्ने सचिवालयको बैठकको भने बचाऊ गरेको स्रोतजले अनलाइनखबरलाई बतायो ।

आफूसमेत सहभागी भएर गरिएको सचिवालयको निर्णयको हल्का बचाऊ गर्दै नेता गौतमले भने,’ त्यो सचिवालयबाट निर्णय नै नहुनु भन्दा निर्णय भएको राम्रै हो ।’

प्रतिक्रिया दिनुहोस
रवि प्रतिको अमानवीय र प्रतिशोधपूर्ण व्यवहार रोक्न प्रचण्डको आग्रह

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा

तपाईँहरूको नाम विश्वमा राख्ने गरी काम गर्छु : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला पुगेर विश्वमा नाम राख्ने गरी काम गर्ने बताएका

राजनीति विचौलियाको हातमा छ : पुष्पकमल दाहाल प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना

काभ्रेबाट आधा किलो सुनसहित २ जना पक्राउ

  काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई