प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’, राजधानी ‘गोदावरी’ स्विकृत



हाम्रो इकोनोमि

 

 

देश ७ को प्रदेशसभाले प्रदेशको नाम र राजधानी दुई तिहाई बहुमतले स्वीकृत गरेको छ।

शुक्रबार बसेको संसद बैठकमा सहभागी ३८ जना सत्तापक्षी संसदहरुले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ कायम भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता तारा लामा तामाङले प्रदेशको राजधानी गोदावरी ४ तेघरी र नाम सुदूरपश्चिम कायम गरियोस् भनी राखेको प्रस्तावलाई प्रदेशसभाले बहुमतले स्वीकृत गरको हो। प्रदेशको नाम सुदूरपश्चिम स्वीकार गरेको नेपाली कांग्रेसले राजधानी धनगढी हुनुपर्ने माग गर्दै आएको थियो। सो माग संसदबाट पास नहुने देखिएपछि कांग्रेसका सांसदहरुले बैठक सुरु भएलगत्तै आफ्नो धारणा राखेर सभाहलबाट बाहिरिएका थिए। तटस्थ बसेको राष्ट्रिय जनता पार्टीका सांसदहरु पनि कांग्रेस संसदसंगै बाहिरिएका थिए।

प्रतिपक्षी कांग्रेसका संसदहरु सभाहलबाट बाहिरिएपछि प्रदेशको राजधानी गोदावरी ४ तेघरी र नाम सुदूरपश्चिम कायम गरियोस् भन्ने प्रस्तावको विरुद्ध मत परेन। कांग्रेस संसद डिल्लीराज पन्तले संसद सचिवालयमा प्रदेशको राजधानी धनगढी नगरपालिका १ कायम गरियोस् भनि प्रस्ताव दर्ता गराएपनि संसद बैठकमा पेस गरेनन्।

बिहान साढे ११ बजेको बैठक कांग्रेस सांसदहरुले अवरुद्ध गरेपछि दिउँसो १ बजे बोलाइ पनि दिउँसो ३ बजे पुनः सुरु भएको थियो। बैठकमा प्रदेशको राजधानी र नामको प्रस्तावमाथि बहस तथा छलफल भएपछि मतदान भएको थियो। लामाको प्रस्तावलाई संसद वीरमान चौधरी र शान्ति नेपालीले समर्थन गरेका छन्।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...