सावित्रीले गरिन् लक्ष्मीलाई कारवाहीको माग,यस्तो छ कारण



हाम्रो इकोनोमि

 

दुई नेपाली नारी, एउटा अधिकारका कुरा गर्छन् र अर्की स्वतन्त्रताका कुरा ।

 

महिलाहरुमाथि भइरहेका बलात्कारलगायतका हिंसाको अन्त्यको लागि सडकमा छन् । त्यसैगरी अर्की एक पछी उत्तेजक फोटा र भिडियो सार्वजनिक गरिरहेकी छन् ।

 

बलात्कारीलाई फासिको माग गर्दै एक नारी पेटीकोट प्रदर्शन हुँदै केश नै मुण्डन गरेर मिडियामा छाएकी छन् भने अर्की नारीले अर्थ नग्न फोटाले मिडियामा छाइरहेकी छन् ।

 

उनीहरु हुन्, सामाजिक अभियान्ता सावित्री सुवेदी र गायक तथा मोडल लक्ष्मी आचार्य । दुवै नारीको आफ्नै मिशन छन् । सावित्री आम महिलामाथिका हिंसा अन्त्यको लागि संघर्षमा छन् भने लक्ष्मी आम महिलाको व्यक्तिगत स्वतन्त्रको लागि आवाज उठाउँदै आएकी छन् ।

 


सावित्री महिलाको अधिकारीको लागि पेटीकोट लगाएर सडकमा निस्कन्छन् भने लक्ष्मी गोप्य अंग नजिकै ट्याटू बनाउन बजारमा निस्कन्छन् ।

 


यी दुबै नारी आफ्नो मिशनमा एक पछी अर्को कडा बन्दै गएकी छन् । सावित्रीले केश मुडेर सडकमै रहेको बेला लक्ष्मीले पूरै शरीरमा लुगा नभएको तस्वीर एउटा पत्रिकाले प्रकाशित गरेकी छन् ।

 

उनको यो फोटो अहिलेसम्मकै विवादित फोटो हो । उक्त फोटोमा एउटा डलले मात्रै उनको गोप्य अंग छोपेको छ । लक्ष्मीको पछिल्लो उक्त फोटोलाई लिएर अधिकारको क्षेत्रमा क्रियाशील महिलाहरुले विरोध गरेका छन् । सावित्री सुवेदीले त कारवाहीको माग गरेकी छन् ।

 

उनले सामाजिक संजालमा नांगिने महिला र नंग्याउने सम्पादक दुबैलाई कारवाही गर्नुपर्ने माग गरेकी छन् ।


यी दुबै नारी नेपाली मिडियाको लागि नयाँ होइनन् । उनीहरुले संचारमाध्यमहरुमा पटकपटक अन्तरवार्ता समेत दिएकी छन् ।

 

महिला हिंसा र स्वतन्त्रताको विषयमा उनीहरुबीच फरक छ । सावित्रीले राजनीतिक अधिकारसहित समाज सुहाउँदो तरिकाले स्वतन्त्रताको प्रयोग गर्नुपर्ने बताउँछन् भने लक्ष्मीले आफूले चाहेको कुरा गर्न पाउनु पर्ने कुराको वकालत गर्छन् ।


सावित्री सुवेदी महिला अधिकारकर्मीको रुपमा स्थापित छन् । बलात्कार विरुद्ध बोल्ने उनले पेटिकोट आन्दोलनदेखि केश मुण्डन गरेकी छन् । सावित्रीले बलात्कारीलाई फासिको माग गरिरहँदा लक्ष्मीले भने बलात्कारबारे अहिलेसम्म केही बोलेकी छैनन् ।


यसैबीच सावित्रीले सामाजिक संजालमा लेखेकी छन्, “नाङ्गिन महिला र नङ्ग्याउने सम्पादक दुबैलाई कारवाही होस् ।”


उनको यो स्टाटसमा धेरैले लक्ष्मीको यो फोटो अापत्तजनक भएको बताउँदै नेपाली समाजमाथि नै मजाक गरेको बताएउँदै छाडापन भएको बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...