सरकारी कार्यालयमै यौन हिंसा, सीडीओकै रोहवरमा मिलापत्र



हाम्रो इकोनोमि

 

 

महिला हिंसाको घटना खोज्न अब टाढा जानुनपर्ने भएको छ । सरकारी कार्यालयभित्रै हाकिमबाट महिला कर्मचारी यौन हिंसाको शिकार हुन्छन् र सिडियोको रोहबरमा मिलापत्र गराइन्छ भन्ने दृष्टान्त काठमाडौं जिल्ला प्रशासन कार्यालयमा देखिएको छ ।

 

आफ्नै कार्यालयको हाकिमबाट यौन हिंसामा परेको बताउने महिला कर्मचारीले काठमाडौं जिल्ला प्रशासनमा मिलापत्र गरेकी छिन् ।

 

गरिवी निवारण कोषका कार्यकारी निर्देशकविरुद्ध परेको यौनजन्य हिंसा र बलात्कार प्रयासको मुद्दा मिलापत्रमा टुंग्याइएको विषयमा अहिले प्रधानमन्त्री कार्यालयले चासो दिएको छ ।

 

यौन दुर्ब्यबहारको मुद्दा मिलापत्रमा टुंग्याइएकोमा असन्तुष्ट बनेका कोषका अन्य महिला कर्मचारीले आफूहरु कार्यथलोमा हाकिमबाटै असुरक्षित रहेको भन्दै प्रधानमन्त्री कार्यालयमा मौखिक उजुरी दिएका छन् ।

 

गरिबी निवारणमा यौन हिंसा, जिल्ला प्रशासनमा मिलापत्र

 

गरिवी निवारण कोषका बहालवाला कार्यकारी निर्देशकमाथि यौनजन्य हिंसामा उजुरी परे पनि काठमाडौं जिल्ला प्रशासनले असार १७ गते मिलापत्र गराएको थियो ।

 

कोषका हाकिमविरुद्ध सहायकस्तरकी कर्मचारीले गत जेठ २२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएकी थिइन् । त्यसअघि उनले आफू कार्यरत कोषको कार्यालयमा कोषका उपाध्यक्षसमक्ष उजुरी दिएकी थिइन् ।

 

कोषका उपाध्यक्षसमक्ष निवेदन दिँदा पनि दोषीमाथि कारवाही नभएको भन्दै कार्यथलोमा हुने यौनजन्य हिंसा निवारण ऐनबमोजिम पीडित कर्मचारी सिडिओ कार्यालमा गएकी थिइन् ।

 

महिला कर्मचारीको उजुरीमा आफू लगायत महिला कर्मचारीहरुमाथि पटक-पटक यौनजन्य हिंसा भएको, अश्लील शब्द प्रयोग गर्ने, संवेदनशील अंग चलाउने र ढोका थुनेर हाकिमबाट बलात्कारको समेत प्रयास भएको उल्लेख थियो ।

 

गत ०७४ फागुन १ गते कार्यालय बिदाको दिन काम छ भनी कार्यालयमा बोलाएर शरीरमा हात हाल्न खोजेको, शान्त वातावरणमा काम गर्नुपर्छ भन्दै होटलको कोठामा लगेर ढोकामा चुकुल लगाई जबर्जस्ती गर्न खोजेको आरोप लगाइएको थियो ।

 

आफूमाथि पटक-पटक यौन दुव्र्यवहार र बलात्कार प्रयास भएको भनेर उजुरी गरेकी उजुरीकर्ता र पीडक भनिएका कार्यकारी निर्देशकबीच गत असार १७ गते काठमाडौं सिडिओ कार्यालयमै नाटकीयरुपमा मिलापत्र भएपछि अन्य महिला कर्मचारीले तत्कालीन उपाध्यक्षसमक्ष गुनासो गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...