रत्नपार्कमा तीन घण्टाः राजनीतिक गफ देखि याैन धन्दासम्म, यसरी चल्छ याैन प्यास मेटाउने काम !



हाम्रो इकोनोमि

 

उपत्यकाको व्यस्त जीवनशैली र अस्तव्यस्थ शहरीकरणको मारले मानिस आजित भएका छन् । यसैमा न खानेपनीको व्यवस्था राम्रो छ न त घरवेटीले भाडावाललाई नागरिकको व्यवहार नै गर्छन् ।

 

दिक्दारी हटाउन वेलावेलामा शहरमा विभिन्न पार्क तथा उपत्यका नजिकका पर्यटकिय स्थल घुम्न जाने मानिसको बानी बनेको छ । तर, काठमाडाैंको मुटु मानिने स्थान रत्नपार्क भने दिनमा एउटा रुप, दिउँसोमा अर्को रुप र साझ पर्न थालेपछि अर्कै रुप लिन्छ ।

 

केहि दिन पहिले नेपालपानाको टिम पनि त्यहि रत्नपार्कमा पुगेको छ । कुनै जमाना थियो जहाँ मान्छे छलफल गर्ने देखि मुकुन्देको भाषण सुन्न जाने गर्दथ्ये ।

 

मुकन्द घिमिरे भन्ने अजिवका मान्छे पिपलको बोटमा बसेर दिनभर भाषण गर्थे र उनलाई पैसा दिने देखि गाली दिने सम्मका मानिस भेला हुन्थ्ये । रत्नपार्कमा न कुनै टिकट शुल्क लाग्थ्यो न कुनै अन्य शुल्क नै ।

 

तर, अहिले काठमाडाैं महानगरपालिकाले त्यहाँ उद्यान बनाएर टिकट शुल्कको व्यवसथा गरेको छ । तर, एउटा कुरा भने आजसम्म पनि फेरिएको छैन् । त्यो हो खुलेआम सेक्सको मोलमोलाई ।

 

रत्नपार्कमा साझ परेपछि देखिने दृष्य अत्यन्तै चाखलाग्दो हुने गर्दछ । युवतीका पछाडी कयाैं केटाहरु खुलेआम रेट कति हो भन्दै हिडिरहेका देखिन्छन् । तर, त्यहि रत्नपार्कको छेवैमा छ रानी पोखरी प्रहरी वृत ।

 

प्रहरी अवैधानिक याैन धन्दा रोक्ने भन्दै विभिन्न भाषाको प्रयोग र भाषण गर्छ तर उसको आखै अगाडी खुलेआम याैनको मोलमोलाई हुन्छ । अझ प्रहरी देखेर नदेखे झैं गर्छ ।

 

नेपालपानाको टिम त्यहाँ पुगेर केहि अध्ययन गरेको छ । जसमध्ये अनाैठो र हृदयविदारक पक्ष के भेटिएको छ भने केहि याैनकर्मी महिलाहरु घरमा बच्चा र श्रीमानलाई खाना पकाएर खुवाएर आउने गर्दछन् ।

 

एक जना युवा याैनकर्मी सरिता (नाम परिवर्तन)संग मोलमोलाइ गर्न भनेर जान्छन्। उनले खासखुस कुरा गरेपछि सरिताले होल नाइट की १ सट भन्दै प्रश्न गर्छिन ।

 

युवाले भन्छन्, होल नाइट । सरिताले भन्छिन तीन हजार । फेरि युवाले भन्छन्, यो त धेरै भएन र ? उनीहरुले केहि समय बार्गेनिङ गरेपछि दई हजारमा कुरा मिल्छ उनीहरु दुवै जना हिड्छन ।

 

यस्तै, अर्की निमा (नाम परिवर्तन)संग पनि युवाहरुले पिछा गर्दै गर्दा बार्गेनिङ सुरु भयो । उनलै भनिन् कति जना हो ? होल नाइट हो की के ? युवाहरु समुहमा गएका रहेछन् ।

 

हामी तीन जना छाैं । होल नाइट नै जाने हो । निमाले भनिन् । तीन जना होल नाइटको ८ हजार । युवाहरु मुखामुख गरे । कुरा मिलेन उनीहरु हिडे ।

 

यस्तैमा तेश्रो लिङ्गिको समेत भिडभाड हुने स्थानमा पर्छ रत्नपार्क । ती युवाहरु तेश्रो लिङ्गि कहाँ पुगेर बार्गेनिङ सुरु गरे । निमासंग जस्तै । उनी चाहीँ व्यापार खासै छैन लु जाम न त भन्दै ५ हजारमा तीन जनालाई लिएर हिडिन् ।

 

साझ छिप्पदै थियो ।  युवाको संख्या बढ्दै थियो । युवतिको संख्या नि थपिदै थियो । तर जव रातीको ९ बज्न थाल्यो तव केहि सुनसान हुन थाल्यो ।

 

याैनकर्मी महिलाहरु धेरै बार्गेनिङ नगरेर न्युन रकममा जान तयार भएका देखिन्थ्ये । साझमा तीन देखि ५ हजार भन्नेहरु रातीमा १५ सय देखि दुई हजारसम्ममा झरेका थिए ।

 

प्रहरी केहि समय आएजस्तो गर्थ्यो र उनीहरु भागे जस्तो गर्थ्ये । तर, नेपालपानाले उनीहरुमध्ये एक जना सुप्रिया (नाम परिवर्तन)संग अलि अन्तरङ्ग कुराकानी गर्यो । उनले जनाइन यहाँ आउने मध्ये धेरै जस्तो बाहिरका छन् ।

 

तेश्रो लिङ्गि र हामीबीच कहिलेकाँहि झगडा समेत हुन्छ । अनि हामिले सोध्याैं, प्रहरी नी ? उनले भनिन्, केहि प्रहरीलाई समेत हप्तामा एक पटकसम्म प्रायले रात काट्नु पर्छ । तर सवै प्रहरी त्यस्ता छैनन् । कोहिले त सम्झाउछन् । यस्तो नगर्नुस भन्छन्  तर, कोहि त यति दुख दिन्छन की भनेर साद्यै छैन् ।

 

यति भन्दा भन्दै उनी कहाँ नि एक युवक टुप्लुक्क आइ पुग्छन । अनि उनी त्यहि युवाको बाइकमा पछाडी बसेर जम्मा एक हजारमा रातभर याैन प्यास मेटाइदिने सर्तमा सुन्धारा तिरका होटेल जाने भनेर जान्छिन । नेपालपानाबाट

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...