सार्क प्रभावकारी र नतिजामुलक हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली



हाम्रो इकोनोमि

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र संघको महासभा बाहिर दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क ) मन्त्रिपरिषद्स्तरमा एक अनौपचारिक दिवाभोजको आयोजना गरेका छन् ।

उक्त भोजमा सार्क सदस्य मुलुकका विदेशमन्त्रीहरूको सहभागिता रहेको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त भोजको आरम्भमा मन्त्री ज्ञवालीले सार्कका प्रक्रिया यस क्षेत्रका जनताको भलाइका लागि प्रभावकारी तथा नतिजामूलक हुनुपर्नेमा जोड दिएका छन् ।

सहभागी मन्त्रीहरूले पनि सार्क शिखर बैठकले गरेको निर्णयको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । उनहरुले सार्क प्रक्रियालाई पुनः सशक्त बनाउने विभिन्न विषयमा छलफल गरेको विज्ञप्तिमा बताइएको छ ।

यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले ७७ मुलुक तथा चीनको वार्षिक मन्त्रिस्तरीय बैठकमा भाग लिए । उक्त बैठकमा ‘‘युवा रोजगारी तथा उत्पादक क्षमतामा सीमाको प्रभावका मुद्दा’ मा छलफल भएको थियो ।

यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीले मध्यस्थताका मित्रहरूको समूहको उच्चस्तरीय मन्त्रिस्तरीय बैठकमा समेत भाग लिएका छन् । पराष्ट्रमन्त्री ज्ञवालीले आजै नर्वेका अन्तर्राष्ट्रिय सहयोगमन्त्री निकुलाई एस्ट्रपसँग भेटवार्ता गरे । भेटवार्तामा नेपालमा नर्वेको सहयोगका साथै अन्य विषयमा छलफल भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज साँझ संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक प्रमुख राजदूत निर्मलराज काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओली तथा संयुक्त राष्ट्र संघको महासभाको ७३ महाधिवेशनमा भाग लिन आएको नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा एक रात्रिभोजको आयोजना गरे ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...