राजधानी सार्ने विरोधमा प्रदेशसभा बाहिर नाराबाजी, मुख्यमन्त्री तनावमा



हाम्रो इकोनोमि

 

प्रदेश- ७ को राजधानीका विषयलाई लियर प्रदेशसभा भवन बाहिर बिहानैदेखि आन्दोलनकारीले नाराबाजी सुरु गरेका छन्। ‘वन मास्न पाइदैन्’, ‘मुख्य मन्त्री राजिनामा दे,वन माफिया होसियार’ जस्ता नारा लगाउँदै स्थानीय बिहानैदेखि नाराबाजीमा उत्रिएका छन्।

 

प्रदेश राजधानी गोदावरी नगरपालिकाको तेघरी राख्ने प्रस्तावको विरोधमा स्थानीय तीन दिनदेखि आन्दोलित छन्।

 

प्रदेशको स्थायी राजधानी र नामांकरणबारे सांसद तारालामा तामाङको नेतृत्वमा राय-सुझाव समितिले तेघरीमा राजधानी राख्ने प्रतिवेदन सभामुख अर्जुनबहादुर थापाले संसदमा बुधबार प्रस्तुत गरेका छन्।

 

समितिले प्रदेशको नाम साविककै सुदूरपश्चिम सिफारिस गरेको छ। सम्भवतः आज बस्ने प्रदेशसभा बैठकले नाम र राजधानी पारित गर्ने छ। प्रदेशसभा वरिपरि प्रहरीको बाक्लो उपस्थिति रहेको छ।आन्दोलनकारीले प्रदेशसभा अगाडिको सडक अवरुद्ध गरेका छन्। ११:३० मा प्रदेश सभाको बैठक बस्ने तयारी भएको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...