फ्राईडे रिलिज : ‘अनुराग’, ‘कथा काठमाण्डू’ र ‘छिरिङ्ग’ मध्ये कुन हेर्ने ?



हाम्रो इकोनोमि

 

यो शुक्रबार तीन नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् ।

संगीत श्रेष्ठ निर्देशित कथा काठमाण्डू, सत्यराज चौंलागाईं निर्देशित अनुराग र यश कुमार निर्देशित छिरिङ्ग एकसाथ प्रदर्शनमा आएका हुन् ।

भिन्न भिन्न जनराका यी तीन फिल्महरु बारे छोटकरीमा चर्चा गरौं ।

गीत र प्रोमो रिलिजसँगै चर्चा र विवादमा आएको यो फिल्ममा शहरिया महिला हिंसाको कथालाई उठाइएको छ ।

जहाँ प्रियंका कार्की र प्रमोद अग्रहरीले मुख्य भूमिका निभाएका छन् ।

सँगै संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी लगायत कलाकारको अभिनय छ ।

सञ्चारकर्मी समेत रहेकी श्रेष्ठको डेव्यु निर्देशन रहेको फिल्मले तीन फरक फरक युवा पुस्ताको अवस्थालाई चित्रण गर्नेछ ।

सञ्चारकर्मी ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी पत्नी एलिजा गौतम र नव नायक समुन्द्र पण्डितले अभिनय रहेको छ ।

सत्यराज चौलागाईंको पहिलो निर्देशन रहेको यो फिल्म म्युजिकल लभ स्टोरी फिल्म हो ।

एलिजा र समुन्द्रसँगै फिल्ममा सरोज खनाल, रुपा राणा लगायत अन्य कलाकारहरुको पनि अभिनय छ ।

गायक तथा नायक यश कुमारको डेव्यु निर्देशन रहेको फिल्ममा यशसँगै निमा रुम्बा र कामना भुजेलको मुख्य भूमिका रहेको छ ।

अविकसित हिमाली भेगमा छिरिङले गर्ने संघर्षसँगै माया प्रेमलाई पनि प्रस्तुत गरेको छ ।

फिल्मको बिहिबार प्रिमियर समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...