फ्राईडे रिलिज : ‘अनुराग’, ‘कथा काठमाण्डू’ र ‘छिरिङ्ग’ मध्ये कुन हेर्ने ?



हाम्रो इकोनोमि

 

यो शुक्रबार तीन नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् ।

संगीत श्रेष्ठ निर्देशित कथा काठमाण्डू, सत्यराज चौंलागाईं निर्देशित अनुराग र यश कुमार निर्देशित छिरिङ्ग एकसाथ प्रदर्शनमा आएका हुन् ।

भिन्न भिन्न जनराका यी तीन फिल्महरु बारे छोटकरीमा चर्चा गरौं ।

गीत र प्रोमो रिलिजसँगै चर्चा र विवादमा आएको यो फिल्ममा शहरिया महिला हिंसाको कथालाई उठाइएको छ ।

जहाँ प्रियंका कार्की र प्रमोद अग्रहरीले मुख्य भूमिका निभाएका छन् ।

सँगै संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी लगायत कलाकारको अभिनय छ ।

सञ्चारकर्मी समेत रहेकी श्रेष्ठको डेव्यु निर्देशन रहेको फिल्मले तीन फरक फरक युवा पुस्ताको अवस्थालाई चित्रण गर्नेछ ।

सञ्चारकर्मी ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी पत्नी एलिजा गौतम र नव नायक समुन्द्र पण्डितले अभिनय रहेको छ ।

सत्यराज चौलागाईंको पहिलो निर्देशन रहेको यो फिल्म म्युजिकल लभ स्टोरी फिल्म हो ।

एलिजा र समुन्द्रसँगै फिल्ममा सरोज खनाल, रुपा राणा लगायत अन्य कलाकारहरुको पनि अभिनय छ ।

गायक तथा नायक यश कुमारको डेव्यु निर्देशन रहेको फिल्ममा यशसँगै निमा रुम्बा र कामना भुजेलको मुख्य भूमिका रहेको छ ।

अविकसित हिमाली भेगमा छिरिङले गर्ने संघर्षसँगै माया प्रेमलाई पनि प्रस्तुत गरेको छ ।

फिल्मको बिहिबार प्रिमियर समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...