दुई अध्यक्ष देशबाहिर भएको बेला माधव नेपालको चियापान



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्यहरुका लागि बिहिबार दिउँसो तीन बजे चियापान कार्यक्रम आयोजना गरेका छन् ।

 

असोज ५ गते बसेको सचिवालय बैठकले गरेका निर्णयमा असन्तुष्ट बनेका नेपालले दुई अध्यक्ष देश बाहिर भएको समय स्थायी कमिटी सदस्यहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

 

‘केही समय अघिमात्रै चियापान कार्यक्रमको लागि निमन्त्रणा आएको छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘ कार्यक्रम कस्तो हो बुझ्दै छौँ । कार्यक्रममा जाने वा नजाने कुनै निर्णय गरेका छैनौँ ।’

 

अहिले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा छन् भने अर्का अध्यक्ष सिंगापुरमा छन् । नेकपाका दुई अध्यक्षले कसैलाई पनि कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका छैनन् । यस्तो अवस्थामा नेता नेपालले स्थायी कमिटीका सदस्यहरुका दिउँसो चियापान कार्यक्रम आयोजना गरेका छन् ।

 

नेपाल निकष्ट एक नेताका अनुसार शुक्रवार विहान स्थायी कमिटीका सवै सदस्यलाई चियापान कार्यक्रमको सूचना पठाईसकिएको छ । ति नेताका अनुसार अध्यक्षद्वयको निर्णय शैलीले पार्टीलाई साँघुरो बनाएको भन्दै सर्वत्र विरोध भैरहेको छ ।

 

 

‘पार्टी विधि विधानबाट चल्नुपर्छ । सिंगो पार्टीलाई दुई अध्यक्षमा सिमित गर्नुभएन । असोज ५ गते सचिवालयको निर्णय स्थायी कमिटीले गर्नु पर्ने हो । सचिवालयले प्रस्ताव स्थायी कमिटीमा ल्याउनु पथ्र्यो तर सिधै निर्णय गरियो ।’

 

ती नेताले भने, ‘त्यसरी स्थायी कमिटीलाई आउट गर्नु त भएन । मुख्य त आज त्यो विषयमा छलफल हुन्छ । पार्टीको तेस्रो वरियताको नेता पनि हुनुभयो माधव कमरेड । उहाँले तिनै विषयमा छलफल गरौँ भनेर चियापान कार्यक्रमको आयोजना गर्नु भएको हो ।’

 

 

असोज ५ गते सचिवालयको बैठक बसेको बेला नेता नेपाल दक्षिण अफ्रिकामा थिए । त्यस्तै अर्का सदस्य नारायणकाजी श्रेष्ठ पनि चीनमा थिए ।

 

उनीहरु नभएको समय पारेर सचिवालयले प्रदेशका पदाधिकारी टुंगो लगाएको भन्दै दुई नेता असन्तुष्ट बनेका छन् ।

४५ सदस्यीय स्थायी समितिमा तत्कालिन एमालेबाट २५ र माओवादीबाट २० जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...