राष्ट्रसंघमा प्रधानमन्त्री ओलीको सम्वोधनः मलाई दुई तिहाई समर्थन छ, राजनीतिक स्थिरता भएको छ



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई गएराति सम्बोधन गर्नु भएको छ । विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्था बारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो ।

 

प्रधानमन्त्री ओलीले बहुपक्षीय सद्भाव हाल विश्वको आवश्यकता रहेको बताउनुभयो । उहाँले अन्तराष्ट्रिय कानून प्रतिको पवित्रता कायम गर्नु पर्नेमा जोड दिनुभयो ।

 

विश्वस्तरका समस्या समाधानका लागी साझेदारी र सहयोगको नीति अपनाउनुपर्नेमा जोड दिदै प्रधानमन्त्री ओलीले नेपाल मानवअधिकारको संरक्षण, सुरक्षा र समानताको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

 

उहाँले अमेरिकाको एक पक्षीय नीतिप्रति असहमति जनाउनु भयो । विना कुनै शत्रुता, सबैसँग मित्रताको पक्षमा नेपाली परराष्ट्र नीति रहेको प्रधानमन्त्रीको भनाइछ ।

 

स्वतन्त्रताको लडाईमा रहेका यमन, सिरिया, प्यालेष्टाइनका जनताको मागको सुनुवाइ हुनुपर्नेमा समेत प्रधानमन्त्रीको जोड थियो । प्रवासी श्रमिकहरुको मानवअधिकारको सुरक्षा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

 

वर्तमान आफू नेतृत्वको सरकार संघदेखि केन्द्रसम्म पूर्ण दुई तिहाइ बहुमत प्राप्त सरकार भएकाले समृद्धि र सुशासनका लागि प्रयासरत रहेको उहाँको भनाइ छ ।

 

विदेश नीतिबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले भर्खरै चौथो विमष्टेक सम्मेलन सम्पन्न गरेको र सार्क पनि यथावत रहेको जानकारी दिँदै सबै छिमेकीसँग समान सम्बन्ध राख्ने विदेश नीति रहेको उल्लेख गर्नु भयो ।

 

प्रधानमन्त्री ओलीले संघको बैठकमा २६ मिनेट सम्बोधन गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्र संघमा सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन परिसरमा नेपाली कांग्रेस निकट् व्यक्तिहरुले मुलुकमा बढी रहेको दण्डहिनताको विषयप्रति आक्रोश व्यक्त गर्दै कालो टिसर्ट लगाएर विरोध प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...