निर्मलाका निम्ति न्याय माग्दै अमेरिकामा प्रदर्शन



हाम्रो इकोनोमि

 

 प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अमेरिकामै नारा लागेको छ । संयुक्त राष्ट्र संघको ७३ औं महासभामा प्रधानमन्त्री ओलीले भित्र सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन बाहिर त्यहाँ रहेका नेपालीले विरोध प्रदर्शन गरेका हुन् ।

 

नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै सरकारले शान्ति स्थापना गर्न नसकेको भन्दै अमेरिकामा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

 

सहभागी नेपालीहरुले टाउकोमा कालो कपडा बेरेर प्रदर्शन गरेका थिए । उनीहरुले हामी न्याय चाहन्छौं भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

 

नेपालमा बढेको बलात्कार र हत्याविरुद्ध उनीहरु खरो भएर उत्रिएका थिए । उनीहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाही गर्न र दोषीलाई फाँसी दिन समेत माग गरेका छन् ।

 

ओलीले निर्मलाका हत्यारालाई कार्वाही गर्न माग गर्दा प्रमुख प्रतिपक्षी काँग्रेस विरुद्ध खनिएका थिए । उनले अनावश्यक राजनीति गर्न खोजिएको आरोपसमेत लगाएका थिए । सानो विषयमा काँग्रेस छिर्यो पनि भनेका थिए । काँग्रेसले मुद्धा पाएनछ पनि भनेका थिए ।

 

तर त्यही सानो भनिएको मुद्धामा नेकपा नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगिसकेको छ । प्रतिनिधिपात्र निर्मला भए पनि अहिलेस्म्म उनको हत्या भएको दुई महिना नाघ्दासमेत अपराधी पक्राउ परेको छैन । मिलेमतोमा संलग्न रहेको आशंकामा ६ प्रहरी निलम्बित भइसकेका छन् ।

प्रदेश ३ का १० स्थानमा बन्ने भो भ्यूटावर, लागत ३० करोड

पर्यटन क्षेत्रको विकास गर्न प्रदेश ३ सरकारले भ्यूटावर निर्माण योजना अघि सारेको छ । प्रदेश सरकारले प्रदेश ३ का विभिन्न १० स्थानमा भ्यूटावर निर्माण गर्न लागेको हो ।

 

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय, मकवानपुरको दामन, चित्लाङ कुलेखानी, ललितपुरको कालेश्वर, नुवाकोटको ककनी, धादिङको रुबीभ्याली र रसुवाको सोम्दाङमा भ्यूटावर बन्नेछन् । त्यसैगरी, सिन्धुलीको सिन्धुलीगढी र खुर्कोटमा पनि भ्यूटावर बनाउने प्रदेश सरकारको योजना छ ।

 

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले १३ जिल्लालाई लक्षित गर्दै १० भ्यूटावर निर्माण गर्न लागिएको जानकारी दिए । मन्त्री नेपालका अनुसार प्रत्येक स्टेसन निर्माणमा ३ करोड खर्च हुने अनुमान छ । यस हिसाबले १० भ्यूटावर निर्माणको लागत ३० करोड हुन्छ ।

 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका १० वटा स्थानमा हिल स्टेशन विकास गर्न प्रदेश सरकारले योजना सुरु गरिसकेको बताए । पर्यटकीय क्षेत्रको सम्भावना रहेका क्षेत्रहरुमा सरकारले मात्र नभएर स्थानीय तह तथा स्थानीयबासीहरुले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

 

पर्यटन विकासको गुरुयोजनाभित्र २० वर्षअघि स्थापना भएको मैत्री बगैँचा पनि छ । बगैँचा व्यवस्थापनका लागि प्रदेश सरकारले २५ लाख र भिमफेदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ ।

 

मकवानपुरको भीमफेदी, ईन्द्रसरोवर, दामनको सिमभञ्ज्याङबाट चिल्लाङको चन्द्रागिरिसम्म पर्टकीय क्षेत्रको रुपमा विकास गर्ने योजना पनि प्रदेश सरकारले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...