धनगढीका मेयर बडविरुद्ध २२ सांसदको उजुरी, यस्ता छन् अाराेप



हाम्रो इकोनोमि

 

धनगढी उपमहानगरका मेयर नृप बडमाथि कार्बाहीको माग गर्दै २२ सांसदले एकैपल्ट जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

उनीहरुले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश राजधानीको विषयमा उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सांसदहरुले मेयर बडमाथि कार्बाहीको माग गर्दै निवेदन दिएका हुन् । प्रदेश–७ को अस्थायी राजधानी धनगढी तोकिएको छ ।

तर, प्रदेश सभाले बनाएको समितिले गोदावरीलाई राजधानी सिफारिस गरेपछि धनगढीका मेयर वड आफैं आन्दोलनमा उत्रिएका छन् । उनकै अगुवाइमा बुधबार प्रदेशसभा अगाडि प्रदर्शन भएको थियो ।

त्यसक्रमा बडले प्रदेशसभामा आगो लगाउने, प्रदेश सांसदको घर जलाउने तथा भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । मेयरकै कारण अप्रिय घटना हुन सक्ने अवस्था आएको भन्दै सांसदहरुले मुलुकी अपराध संहिताअनुसार कारबाही गर्न माग गरेका हुन् ।

मेयर बडले भने बिहीबार विज्ञप्ति निकालेर वन तस्कर र भूमाफिया समेत संलन भएर गोदावरी नगरपालिका–४ तेघरीको जंगलमा प्रदेश राजधानी तोक्न काम भएको भन्दै विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...