धनगढीका मेयर बडविरुद्ध २२ सांसदको उजुरी, यस्ता छन् अाराेप



हाम्रो इकोनोमि

 

धनगढी उपमहानगरका मेयर नृप बडमाथि कार्बाहीको माग गर्दै २२ सांसदले एकैपल्ट जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

उनीहरुले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश राजधानीको विषयमा उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सांसदहरुले मेयर बडमाथि कार्बाहीको माग गर्दै निवेदन दिएका हुन् । प्रदेश–७ को अस्थायी राजधानी धनगढी तोकिएको छ ।

तर, प्रदेश सभाले बनाएको समितिले गोदावरीलाई राजधानी सिफारिस गरेपछि धनगढीका मेयर वड आफैं आन्दोलनमा उत्रिएका छन् । उनकै अगुवाइमा बुधबार प्रदेशसभा अगाडि प्रदर्शन भएको थियो ।

त्यसक्रमा बडले प्रदेशसभामा आगो लगाउने, प्रदेश सांसदको घर जलाउने तथा भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । मेयरकै कारण अप्रिय घटना हुन सक्ने अवस्था आएको भन्दै सांसदहरुले मुलुकी अपराध संहिताअनुसार कारबाही गर्न माग गरेका हुन् ।

मेयर बडले भने बिहीबार विज्ञप्ति निकालेर वन तस्कर र भूमाफिया समेत संलन भएर गोदावरी नगरपालिका–४ तेघरीको जंगलमा प्रदेश राजधानी तोक्न काम भएको भन्दै विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...