माधव नेपाललाई किन दिएनन् नेकपाको कार्यवाहक अध्यक्ष, यस्तो छ भित्री खेल



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड कार्यवाहक अध्यक्ष कसैलाई नदिइ विदेश भ्रमणमा निस्किएको खुलेको छ ।

 

ओली र प्रचण्डको अनुपस्थितिमा यसअघि माधवकुमार नेपाल कार्यवाहक अध्यक्ष तोकिएका थिए ।

 

 

यसपटक ओली असोज ६ गते न्यूयोर्क जाँदा प्रचण्डनै भएकाले कार्यवाहक दिनुपरेको थिएन । प्रचण्ड पनि पत्नी सीता दाहालको उपचारका लागि बुधवार साँझ सिंगापुर उडेका छन् ।

 

तर कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको पत्र केन्द्रीय कार्यालयबाट चलानी नभएको स्रोतले जनाएको छ ।

 

नेकपाको शीर्ष बरियता अनुसार तेस्रो नम्बरमा रहेका माधव नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी नपाएको स्वकीय सचिव मोहन गौतमले बताए ।

 

यसअघि प्रचण्ड सिंगापुर गएको बेला अर्का अध्यक्ष ओली भारत भ्रमणमा जाने क्रममा नेपाललाई लिखित रुपमा कार्यवाहक जिम्मा दिएका थिए ।

 

सचिवालयले पछिल्लो पटक प्रदेश कमिटीका पदाधिकारी चयन गरेको निर्णयमा नेपाल अशन्तुष्ट छन् । उनी अफि्रका भ्रमणमा रहेका बेला निर्णय भएको थियो । उनले आफ्नो असहमति स्थायी कमिटी र सचिवालय बैठकमा राख्ने बताइसकेका छन् ।

 

नेकपाको कार्यवाहक अध्यक्ष कसैले नपाए पनि सरकार र संसदीय दलको नेतृत्वमा भने कार्यवाहक जिम्मेवारी दिइएको छ ।

 

ओली विदेश जाने क्रममा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी सुवास नेम्वाङलाई लिखित रुपमै दिएर गएका छन् ।

 

कार्यवाहक अध्यक्ष कोही पनि नतोकिदा पार्टी अहिले नेतृत्वविहीन रहेको र कुनै आकस्मिक निर्णय गर्नुपर्ने अवस्था आएमा अन्यौल रहेको एक नेताले बताए ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...