माधव नेपाललाई किन दिएनन् नेकपाको कार्यवाहक अध्यक्ष, यस्तो छ भित्री खेल



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड कार्यवाहक अध्यक्ष कसैलाई नदिइ विदेश भ्रमणमा निस्किएको खुलेको छ ।

 

ओली र प्रचण्डको अनुपस्थितिमा यसअघि माधवकुमार नेपाल कार्यवाहक अध्यक्ष तोकिएका थिए ।

 

 

यसपटक ओली असोज ६ गते न्यूयोर्क जाँदा प्रचण्डनै भएकाले कार्यवाहक दिनुपरेको थिएन । प्रचण्ड पनि पत्नी सीता दाहालको उपचारका लागि बुधवार साँझ सिंगापुर उडेका छन् ।

 

तर कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको पत्र केन्द्रीय कार्यालयबाट चलानी नभएको स्रोतले जनाएको छ ।

 

नेकपाको शीर्ष बरियता अनुसार तेस्रो नम्बरमा रहेका माधव नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी नपाएको स्वकीय सचिव मोहन गौतमले बताए ।

 

यसअघि प्रचण्ड सिंगापुर गएको बेला अर्का अध्यक्ष ओली भारत भ्रमणमा जाने क्रममा नेपाललाई लिखित रुपमा कार्यवाहक जिम्मा दिएका थिए ।

 

सचिवालयले पछिल्लो पटक प्रदेश कमिटीका पदाधिकारी चयन गरेको निर्णयमा नेपाल अशन्तुष्ट छन् । उनी अफि्रका भ्रमणमा रहेका बेला निर्णय भएको थियो । उनले आफ्नो असहमति स्थायी कमिटी र सचिवालय बैठकमा राख्ने बताइसकेका छन् ।

 

नेकपाको कार्यवाहक अध्यक्ष कसैले नपाए पनि सरकार र संसदीय दलको नेतृत्वमा भने कार्यवाहक जिम्मेवारी दिइएको छ ।

 

ओली विदेश जाने क्रममा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी सुवास नेम्वाङलाई लिखित रुपमै दिएर गएका छन् ।

 

कार्यवाहक अध्यक्ष कोही पनि नतोकिदा पार्टी अहिले नेतृत्वविहीन रहेको र कुनै आकस्मिक निर्णय गर्नुपर्ने अवस्था आएमा अन्यौल रहेको एक नेताले बताए ।

 

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...