सामाजिक ‘जञ्जाल’मा गाली गरेपनि मतलब छैन भन्दै महतोले भने– नेपाली बोल्न सक्छु, तर बोल्दिनँ



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश र मधेशीको पहिचानका लागि आफूले संसदमा हिन्दी भाषा बोल्ने गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा विरोध हुने थाहा पाउँदापाउँदै पनि हिन्दीमा बोल्ने उनको भनाइ छ ।

‘म राम्रोसँग नेपाली भाषा बोल्न सक्छु, तर संसदमा हिन्दी भाषामै बोल्छु,’ प्रतिनिधि सभामा बिहीवार अधिवेशन समापन मन्तव्य राख्दै नेता महतोले भने, ‘मधेशको भाषा र पहिचानका लागि मात्र बोलेको हो, जबसम्म मान्यता पाउँदैन, बोलिरहन्छु ।’

महतोले नेपाली भाषा सम्पूर्ण नेपालीको भाषा हुन नसक्ने भन्दै हिन्दी, भोजपुरी, मैथली लगायतका भाषा मधेशको सम्पर्क भाषा रहेको बताए ।

‘नेपालीमा नबोलेको भन्दै सामाजिक जञ्जालमा गाली दिएपनि फरक पर्दैन, खोक्रो राष्ट्रवादी भाषा बोल्न जरुरी छैन,’ उनले भने ।

महतोले सामाजिक सञ्जाललाई सामाजिक जञ्जाल भन्दै आलोचना आलोचना गरेका थिए ।

राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उहाँले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गर्नुभयो । उहाँले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

निजगढ विमानस्थल निर्माण गरिँदा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसद्मा हिन्दीमा बोल्ने गरेको नेता महतोको भनाइ थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका रामसहाय यादवले मधेश, आदिवासी र जनजातिको आन्दोलनले सङ्घीय शासन प्रणाली स्थापना भए पनि परिवर्तन संस्थागत हुन नसकेको बताउँदै मौलिक हकसम्बन्धी ऐन कार्यान्वयनका लागि सरकार इमान्दार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

आजै अधिवेशन अन्त्य भए पनि यसपछि बस्ने अधिवेशनमा संविधान संशोधनको प्रस्ताव ल्याउन उहाँले माग गर्नुभयो । सङ्घीयताको श्रेय मधेश आन्दोलनलाई जाने बताउँदै उहाँले यसको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भौगोलिक अखण्डतालाई खलल पु¥याउन गरिने कुनै पनि गतिविधिमा आफ्नो दलको समर्थन नरहने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...