काम नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने लालबाबुको चेतावनी



हाम्रो इकोनोमि

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गरे ।

उनले कर्मचारीहरुको क्षमता बढाउने काममा केन्द्रित हुन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन पनि दिए ।

प्रतिष्ठानको ३६ औं वार्षिकोत्सव समारोहलाई बिहिबार सम्बोधन गर्दै मन्त्री पण्डितले इमान्दार भएर कार्य क्षेत्रमा खटिन पनि सबै कर्मचारीहरुलाई सचेत गराए ।

मन्त्री पण्डितले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न नसकेको भन्दै कर्मचारीहरुप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

कार्यक्रममा मन्त्री पण्डितले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...