५ महिनामा साढे १४ सय बलात्कारका घटना, अमेरिकामा पनि बलात्कार हुन्छः गृहमन्त्री



हाम्रो इकोनोमि

 

पाँच महिनाको अवधिमा साढे १४ सय बलात्कार तथा बलाकारजन्य घटना भएको पाइएको छ । बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्यारा पक्राउ नपरेको भन्दै सरकारको आलोचना भइरहेका बेला सरकारले नै बलात्कारका घटना बढेको तथ्यांक सार्वननिक गरेको हो ।

 

महिला तथा सामाजिक समितिको बिहीबारको बैठकमा गृहसचिव प्रेमकुमार राईले बलत्कारका घटना बढेको स्वीकार गरे । उनले भने, ‘वैशाखदेखि भदौसम्मको अवधिमा ९०० बलात्कार र ५३६ जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।’

 

अघिल्ला वर्षहरुको तुलनामा १० प्रतिशत बलात्कार घटना बढेको उनले जानकारी दिए ।

 

महिला मन्त्रालयको अर्कै तथ्यांक 

समितिको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले भने फरक तथ्यांक प्रस्तुत गरेको छ । मन्त्री थममाया थापा मगरले नेपाल प्रहरीबाट प्राप्त भन्दै प्रस्तुत गरेको तथ्यांकमा भने बलात्कार घटना केही कम देखाइएको छ । ७१० बलात्कार र ३९१ जबरजस्ती करणी उद्योगका घटना भएको उनले बताइन् ।

 

अमेरिकामा पनि बलात्कार हुन्छः गृहमन्त्री

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले भने महिला हिंसाका घटनालाई राजनीतिकरण नर्गन आग्रह गरेका छन् । भने, ‘महिला हिंसा, बलात्कार जस्तो जघन्य आपराधिक विषयलाई राजनीतिकरण गर्न खोजिएको भन्ने हाम्रो गुनासो छ ।’

 

समाजलाई सभ्य र सुसंस्कृत बनाउनु सबै राजनीतिक दलको दायित्व भएको भन्दै उनले राजनीतिलाई अपराधीकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्न नहुने बताए । ‘जो पीडित भएपनि हाम्रै दिदिबहीनीहरु हुन्, आमाहरु हुन्’ उनले गृहमन्त्री बादलले भने, ‘यसलाई अलिकति राजनीतिकरण गर्ने केसिस भयो । यसले पनि अनुसन्धान गर्नमा हामीलाई केही बाधा पुगेको छ ।’

 

बलात्कारका घटना अमेरिका जस्तो विकसित देशमा पनि हुने गरेको भन्दै संयमित भएर समस्या समाधानमा लाग्नुपर्ने बताए । ‘अमेरिकामा पनि रेप हुन्छ । खुलेआम वेश्यावृति हुन्छ । महिलालाई पुँजिपतीहरुले नाफाको साधनका रुपमा प्रयोग गरिरहेका छन्’ उनले भने, ‘नेपालमा यस्ता अपराध भइरहेको छ ।’

 

अल्पविकशीत देशमा अन्धविश्वासका कारण महिला हिंसा भयो भनियो भने त्यो सत्य नहुने उनले बताए ।

गृहमन्त्री थापाले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न ढिला नहुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...