गृहमन्त्री थापालाई लाचार भन्दै यसरी कराए गच्छदारले



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद विजय गच्छदारले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको बताएका छन्।

 

बिहीवारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद गच्छदारले महिला हिंसा, हत्या र बलात्कारका घटना नियन्त्रण गर्न नसक्नुले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको देखिएको बताए।

 

संसद र राज्य व्यवस्था समितिमा गृहमन्त्रीले हत्या हिंसाका घटना पहिला पनि हुन्थे भनेर दिएको अभिव्यक्तिको आलोचना गर्दै गच्छदारले भने, ‘यो अवधिमा धेरै घटना भएका छन्। गृहमन्त्री, सरकार सजक हुने की नहुने?’

 

राज्य निरीह बन्यो 

 

सरकारले अपराधीलाई कारवाही गर्न नसकेको र अपराधसामु निरीह बनेको आरोप लगाउँदै उनले भने, ‘कारवाही त हिजो पन्चायतमा पनि हुन्थ्यो। बलात्कार घटनामा संलग्नहरु थुनिन्थे, मुद्दा लाग्थ्यो। हत्यारालाई सजाय हुन्थ्यो। अहिले आउने कि नआउने।

 

हाम्रो देशमा अहिल निर्मला हत्या काण्ड भयो। त्यसको अपराधी समातिदैन। उल्टै राज्यले आयोग बनाइदिन्छ। यो कस्तो खालको शान्ति सुरक्षा हामीले कायम गर्दैछौं। कानुन पर्याप्त छैन र अपराधीहरुलाई दण्डित गर्नको लागि। चाँहे त्यो एसपी होस वा एसएसपी, मेयरका छोरा हुन वा उपमेयरका छोरा भतिजा हुन। के कानुन छैन यो देशमा? कानुन छ तर कार्यान्वयन गर्न सक्दैनौं। यस्तो निरीह बनेको छ राज्य।’

 

प्रधानमन्त्रीले गुहार माग्नु लज्जास्पद

 

नेता गच्छदारले प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि सांसदसँग गुहार माग्नु लज्जास्पद भएको टिप्पणी गरे। ‘प्रधानमन्त्रीले पार्टीको संसदीय दलको बैठकमा सांसदहरुसँग गुहार गर्नुहुन्छ, सरकारको प्रतिरक्षा गर्नुस। किन नबोलेको, किन प्रतिपक्षको जवाफ दिन नसकेको?

 

यसरी प्रधानमन्त्रीले गुहार गरेको मैले सुनेकै छैन्। प्रधानमन्त्री भन्नुहुन्छ अरिंलाको गोलोमा ढुंगा हानेजसरी आक्रमण गर्नुस्’, गच्छदारले भने, ‘उहाँ सत्तापक्षका सांसदलाई उचालेर देशलाई मुठभेडमा लैजान खोज्दै हुनुहुन्छ।’

 

प्रतिक्रिया दिनुहोस
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...