चंगा चेट् भन्न नपाईने भो ! तेसो गरे हुन्छ यस्तो कारबाही



हाम्रो इकोनोमि

 

विमानस्थलको आसपासमा चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर परेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले चङ्गा नउडाउन आग्रह गरेको छ।

प्राधिकरणले बिहीवार एक सूचना जारी गर्दै आइन्दा चङ्गा उडाएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी पनि दिएको छ।

काठमाडौंमा भदौ देखि कार्तिकसम्म चङ्गा उडाउने चलन भएपनि मुलतः दशैं र तिहारको विदामा स्कुले विद्यार्थीहरुले ज्यादा मात्रामा चंङ्गा उडाउने गर्दछन्।

 

चंङ्गाका कारण विमान उडान र अवतरणमा असुरक्षा हुने भएकाले सार्वजनिक सूचना जारि गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्दि लामिछानेले बताए।‘हेलिकोप्टर पनि तलै उड्छन्, जहाज पनि उडान र अवतरणका समयमा न्यून उचाइमा हुन्छन्, लामिछानेले भने, ‘उडान सुरक्षाका लागि सार्वजनिक अपिल गरिएको हो।’

बेलावखत केही पाइलटहरुले चंङ्गा उडानकै कारण उडान र अवतरणका बेला अप्ठ्यारो भएको गुनासो गरेपनि नेपालको हवाई इतिहासमा चंङ्गाकै कारण दुर्घटना भएको रेकर्ड नभएको लामिछानेले जानकारी दिए।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थल आसपास र जहाज आउने जाने रुटहरुमा विशेष सतर्कता अपनाउँदै चंङ्गा उडानको निगरानी गर्ने गरेको छ र सतर्कता अपनाएको छ। हेलिकोप्टर चालकहरुले भने निकै न्यून उचाइमा बस्ती माथि पनि उडान भर्ने गरेका देखिन्छ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...