मेयरले लेखा अधिकृतलाई कार्यालयमै झापड हानेपछि यस्तो भयो हङ्गामा



हाम्रो इकोनोमि

 

महोत्तरीको भँगाहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार साहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई कार्यालयमै झापड हानेपछि हङ्गामा भएको छ ।

कार्यालयको काममा ढिलासुस्ती गरेको भन्दै आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको जनाइएको छ । पटक–पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि दुई झापड हानेको मेयर साहले स्वीकारेका छन् ।

 

‘नगरपालिकाको हिसाब–किताब पारदर्शी राख्न र जनप्रतिनिधिलाई दिन पटक–पटक निर्देशन दिएपछि लेखा अधिकृतले अटेरी गरेपछि झापड हान्नु परेको हो’, साहले भने ।

 

मेयरको व्यवहारले नगरपालिकाका कर्मचारी आक्रोशित भएका छन् । मेयरमाथि कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिने र अन्य कानूनी प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको लेखा अधिकृत अधिकारीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...