मेयरले लेखा अधिकृतलाई कार्यालयमै झापड हानेपछि यस्तो भयो हङ्गामा



हाम्रो इकोनोमि

 

महोत्तरीको भँगाहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार साहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई कार्यालयमै झापड हानेपछि हङ्गामा भएको छ ।

कार्यालयको काममा ढिलासुस्ती गरेको भन्दै आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको जनाइएको छ । पटक–पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि दुई झापड हानेको मेयर साहले स्वीकारेका छन् ।

 

‘नगरपालिकाको हिसाब–किताब पारदर्शी राख्न र जनप्रतिनिधिलाई दिन पटक–पटक निर्देशन दिएपछि लेखा अधिकृतले अटेरी गरेपछि झापड हान्नु परेको हो’, साहले भने ।

 

मेयरको व्यवहारले नगरपालिकाका कर्मचारी आक्रोशित भएका छन् । मेयरमाथि कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिने र अन्य कानूनी प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको लेखा अधिकृत अधिकारीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...