यि ठाउँबाट लिनुस नयाँ नोट (विवरणसहित)



हाम्रो इकोनोमि

 

 

यो वर्षको दशैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ, सफा र सुकिला नोट साटिदिने भएको छ ।

 

सर्वसाधारणका लागि प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्मका दरले नयाँ नोट साटने सुविधा दिने तयारी राष्ट्र बैंकले गरेको छ ।

 

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मी प्रपन्न निरौलालले भने, ‘सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्’।

 

राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साटिदिने तयारी गरेको निरौलालले जानकारी दिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि बिहीबार देखि नयाँ नोट वितरण गर्दै छ ।

 

राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको थियो । सोही अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थालाई ५० अर्ब रुपैयाँ बराबरको नयाँ र सुकिला नोट वितरण गरेको थियो ।

 

यसैगरी, उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् ।

मोफसलमा राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, राष्ट्र बैंकले अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको हो । ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौं’ भन्दै राष्ट्र बैंकले यो आग्रह गरेको हो ।

सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले सिधै पक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनमा छ ।

 

राष्ट्र बैंकको सूचना

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरका विराटनगर, जनपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयहरु, यस बैंकको नोटकोष रहेका वाणिज्य बैंकका शाखाहरु, नेपाल बैंक लिमिटेड, राष्ट्रि वाणिज्य बैंक र कृषि विकास बैंकमार्फत देहायबमोजिमका शाखाहरुबाट २०७५ असोज २१ गतेदेखि असोज २९ गतेसम्म ५, १०, २०, ५० दरका दुई÷दुई पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने भएको हुँदा आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्नुहुन अनुरोध छ ।

 

(क) नेपाल बैंक लिमिटेड, शाखा कार्यलयहरु

न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा
(ख) राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालयहरु

सिंहदरबार प्लाटी, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखा
(ग) कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालयहरु

गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखा

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...