युरोपबाट फर्केलगत्तै पौडेलले भने, ‘सरकारले निर्मला हत्याकाण्डलाई ढाकछोप गर्न खोज्यो’



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालिका निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

वरिष्ठ नेता पौडेलले निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन सार्वजनिक नगरेर सरकारले सो हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयास गरिरहेको गम्भीर आरोप समेत लगाए ।

निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भिर नदेखिएको वरिष्ठ नेता पौडेलको आरोप छ ।

युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहिबार स्वदेश फर्केका वरिष्ठ नेता पौडेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए ।

एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरुको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गरे ।

वरिष्ठ नेता पौडेलले प्रवासमा रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पार्टीका प्रवासमा रहेका संगठनहरुको भूमिका र महत्व झनै बढेर गएको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...