युरोपबाट फर्केलगत्तै पौडेलले भने, ‘सरकारले निर्मला हत्याकाण्डलाई ढाकछोप गर्न खोज्यो’



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालिका निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

वरिष्ठ नेता पौडेलले निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन सार्वजनिक नगरेर सरकारले सो हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयास गरिरहेको गम्भीर आरोप समेत लगाए ।

निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भिर नदेखिएको वरिष्ठ नेता पौडेलको आरोप छ ।

युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहिबार स्वदेश फर्केका वरिष्ठ नेता पौडेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए ।

एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरुको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गरे ।

वरिष्ठ नेता पौडेलले प्रवासमा रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पार्टीका प्रवासमा रहेका संगठनहरुको भूमिका र महत्व झनै बढेर गएको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...