‘विष्ट खतरनाक अपराधी हो भनेर प्रमाणसाथ प्रस्तुत गर्न पाए मलाई पनि टन्टै साफ हुन्थ्यो’



हाम्रो इकोनोमि

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कार तथा हत्यापछि उत्पन्न परिस्थिति र दोषी पत्ता लाग्न नसक्दा प्रहरी संगठनका राम्रा काम छायामा परेको बताएका छन् ।

 

सत्तारुढ नेकपाकै सांसद झपट रावललगायत विपक्षी सांसदले प्रहरी चेन अफ कमान्डमै प्रश्न उठाएपछि खनालले प्रहरीका राम्रा काम छायामा पर्दा दुःख लागेको बताए ।

 

उनले आफूले नेतृत्व गरेपछि प्रहरीको चेन अफ कमान्ड झन् दरिलो र गर्विलो भएको दाबी पनि गरे । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बाेल्दै महानिरीक्षक खनालले यस्ताे बताएका हुन् ।

 

निर्मला प्रकरणमा स्थानीयस्तरको प्रहरी कमान्डर गैरजिम्मेवार देखिएपछि फिर्ता गरी निलम्बन गरिएको र दोषी भएको प्रमाण जुटे कारबाही हुने खनालले बताए ।

 

एसपी डिल्लीराज विष्टलाई बर्खास्त गर्दा संगठनको मलोबल गिर्ने भएर प्रहरी नेतृत्वले जोगाएको भन्दै सांसदले लगाएको आरोपमा महानिरीक्षक खनालले भने, ‘विष्ट खतरनाक अपराधी हो भनेर प्रमाणसाथ प्रस्तुत गर्न पाए मलाई पनि टन्टै साफ हुन्थ्यो ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...