मेयरले भने–प्रदेशको राजधानी धनगढी बाहिर लगे मन्त्री र सांसदका डेरामै आगो लगाउँछौँ



हाम्रो इकोनोमि

प्रदेश ७ को राजधानी धनगढी उपमहानगरबाट बाहिर लान खोजेपछि मेयरनै रिसाएका छन् । उपमहानगरका मेयर नृप वडले धनगढी क्षेत्र भन्दा बाहिर राजधानी लाने प्रयत्नभए मन्त्री र सांसद बस्ने क्वार्टरमा आगो लगाउने चेतावनी दिएका छन् ।

 

पत्रकारसँग कुरा गर्दै मेयर वडले धनगढी उपमहानगर भन्दा बाहिर प्रदेश राजधानी लगिए मन्त्री र सांसद बस्ने ठाउँमा आगजनी गरेर अघि बढ्ने चेतावनी दिए ।

 

उनले प्रदेश ७ का सांसद बिक्री भएको  र भू–माफिया तथा वन माफिया एवं  तस्करको पक्षमा लागेको आरोप लगाए ।
मेयर वडले धनगढीमा राजधानी बनाउनका लागि राज्यको अरबौँ रुपैयाँ खर्च भइसेकेको र धनगढी उपमहानगरपालिकाले गर्नु पर्ने व्यवस्थापनका लागि तयार रहेको समेत बताए ।

 

मंगलबार प्रदेशको नाम र राजधानी तोक्न गठित विशेष समितिको प्रतिवेदन प्रदेश सभाको बैठकमा पेश भएसँगै जनप्रतिनिधि र जनस्तरमा त्यसको आलोचना भएको हो ।

 

प्रतिवेदनमा प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीकै अत्तरिया क्षेत्रमा पर्ने गोदावरी नगरपालिका–४ मा राख्न सिफारिस गरिएको छ । सांसद तारा तमाङ प्रदेशसभा बैठक प्रस्ताव पेश गरेसँगै स्थानीय आन्दोलित भएका छन् ।

 

प्रदेश ७ को राजधानी र नामाकरणका विषयमा असन्तुष्ट धनगढीबासीले वुधबार   प्रदेशसभा भवन घेराउ गरेका छ । विहीबारदेखि अनिश्चितकालिन धनगढी बन्दको आह्वान समेत भएको छ ।

 

मेयरको भनाई जस्ताको त्यस्तै 
प्रदेश नम्बर ७ का सांसदहरु, मेरो विचारमा उहाँहरु विक्रि भइराख्नु भएको छ । प्रष्ट रुपमा भन्नुपर्छ । कसको पक्षमा भने, भू–माफियाको पक्षमा । र, वन माफिया र तस्करका पक्षमा उहाँहरु लागिराख्नु भएको छ । धनगढी उपमहानगरपालिकामा राजधानी स्थापना गर्नका लागि यो राज्यको अरबौँ रुपैँया खर्च भएको छ ।

 

र, धनगढी उपमहानगरपालिकाले जे व्यवस्थापन गर्नु पर्छ तयार छौँ, भन्दा भन्दै पनि अन्यत्र सार्ने उहाँहरु दुस्प्रयास गर्दै हुनुहुन्छ । त्यो दुस्प्रयासको हामी प्रदेशसभा लगायत धनगढी पुरै घेराउ गर्न तयार छौँ ।

 

यो धनगढी उपमहानगरमा उहाँहरुलाई के चिजको अभाव भयो ? र उहाँहरुलाई के चिजको समस्या भयो ? धनगढी उपमहानगरपालिकामा रहेर मन्त्रालय चलाउने, मन्त्री क्वार्टरहरुमा बस्ने, प्रदेश सभामा बस्ने, उहाँहरुलाई लाज लाग्नु पर्छ, अन्यत्र राजधानी सार्न ।

 

राजधानी धनगढी उपमहानगरपालिका भन्दा बाहिर गयो भने, धनगढीमा उहाँहरु बस्ने लगायतका ठाउँहरु र सबै क्षेत्रमा आगो लगाएर अगाडी बढ्न तयार छौँ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...