काँग्रेसले माग्यो गृहमन्त्री थापाको राजीनामा



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा मागेको छ ।

 

मुलुकभर श्रृंखलावद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गईरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै काँग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

 

काँग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भईरहेको  तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेको प्रति पनि गम्भीर आपत्ती जनाएको छ ।

 

प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल गौतमले मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन् ।

 

‘यो सरकारले हत्या हिंसाका श्रृंखलालाई रोक्न सकेको छैन । म निवेदन गर्न चाहन्छु । यति धेरै हत्या हिंसाका घटनाहरु र महिला अस्मिता माथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भईसकेको छ’ भुषालको भनाई छ ।

 

एसिड प्रहार गरी महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दैनिक हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारवाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भीर आपत्ती जनाइन् ।

 

‘विडम्बना छ,, यो सरकार । यो शासनकालमा अपराधि न त कानुनसँग डरायो न सरकारसँग’ भुषालको  भनाई छ । उनले हिंसा नियन्त्रणमा प्रतिपक्षी दल सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको भन्दै यस्ता घटनालाई राजनीतिकरण नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

 

‘सरकारले अपराधिलाई समातोस् । त्यो अपराधीले सरकारको भय त्रास डरबाट उन्मुक्ति हुन नपाओस् । त्यसको लागि प्रमुख प्रतिपक्षी दल कहाँ सहयोग गर्न सक्छ हामी सहयोग गर्न तयार छौ । महिला विरुद्धका हिंसाका घटनालाई राजनीतिकरण नगरियोस्’ सांसद भुषालले भनिन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...