यातायात संघ, समितिको खाता फुकुवा हुँदैन : मन्त्री महासेठ



 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले खारेज गरिएका यातायात संघ, समितिहरुको बैंक खाता खुला नहुने स्पष्ट पारेका छन् ।

 

मन्त्री महासेठले  सिन्डिकेट तोडिएसँगै बैंक खाता रोक्का गरिएका सबै यातायात संघ, समितिहरुको रकम सरकारको मातहत आउने र त्यसको परिचालनका सम्बन्धमा मन्त्रीपरिषद् बैठकले आवश्यक निर्णय लिने पनि स्पष्ट पारे ।

 

बुधबार प्रतिनिधिसभा अन्तगर्तको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले खारेज गरिएका संघ, समितिहरुको बैंक खाता खुला गर्न कानुनी रुपमा प्रतिबन्ध लगाउने निर्णय भइसकेको पनि स्मरण गराए ।

 

मन्त्री महासेठले बैंक खाता रोक्का गरिएका यातायात संघ, समितिहरुको रकम यातायात क्षेत्रकै विकासमा परिचालन गर्नेगरी सम्बन्धित निकायमा आवश्यक छलफल भइरहेको पनि जानकारी दिए ।

 

मन्त्री महासेठले दुर्घटना वा मृतक बिमा सम्बन्धित पक्षलाई नै दिने व्यवस्था गरिएको पनि स्पष्ट पारे । उनले सवारी दुर्घटनामा परी मृत्यु भएका वा घाइते भएकाहरुलाई सोझै बिमाबापतको रकम पाउने व्यवस्था सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् मिलाएको जानकारी समितिलाई गराए ।

 

मन्त्री महासेठले दसैंमा अभाव नहुनेगरी सवारी साधनको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिइएको पनि बताए ।

 

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले दसैंमा यात्रुलाई मारमा नपर्ने गरी सवारी साधनको अनुगमन गर्न आवश्यक जनशक्ति परिचालन गरिएको जानकारी दिए ।

 

उनले क्षमताभन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई प्रहरीले कडाइका साथ लागु गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।
बैठकमा समितिका सदस्यहरुले दसैंमा यात्रुहरुलाई सहज हुने गरी सवारी साधनको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र