शव जलाउने विषयमा विवाद हुँदा रौतहटमा तनाव, प्रहरीद्वारा २० राउन्ड हवाइ फायर



हाम्रो इकोनोमि

 

 रौतहटको गरुडा नगरपालिकामा दुई समूहबीच भएको झडपका कारण तनाव उत्पन्न भएको छ ।

गरुडा नगरपालिका–९ श्रीपुरस्थित एक घाटमा शव जलाउने विषयमा भएको विवादले उग्र रुप लिँदा तनाव उपन्न भएको हो ।

 

दुई समूहबीचको विवादलाई नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाइ फायर गरेको छ भने १२ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ ।

झडमा एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका बुझिएको छ ।

झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् । झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् ।

घटनास्थल रौतहट सदरमुकाम गौरबाट २२ किलोमिटर उत्तरमा पर्छ ।

प्रतिक्रिया दिनुहोस
बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...