साथीकै छोरीको शरीर ताक्ने पनि साथी, कान्छीले समेत छाडेपछि कोलाहल



साँस्कृतिक बिचलनमा परी कार्बाही समेत भोगेका एक जना संगीतकर्मीलाई नेपाल संगीत तथा नाट्य एकेडेमीको प्राज्ञ बनाउन चलखेल शुरु भएको छ ।

तीन वटै प्रज्ञा प्रतिष्ठानका सबै पद भदौ १९ गतेदेखि रिक्त छन् । नेपाल संगीत नाट्य एकेडेमीको प्राज्ञ बन्ने अभियानअन्तर्गत संगीतकार चेतन सापकोटाले अघिल्लो साता पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई भेटी आफ्नो बायोडाटा लगेर बुझाएका छन् ।

स्रोतका अनुसार निर्माता संघको काम सकिए लगत्तै आफ्नो बायोडाटा दिनासाथ मन्त्रीले जवाफ फर्काए ‘पार्टी अध्यक्ष प्रचण्डले तपाईंलाई संगीत नाट्य एकेडेमीमा लैजान मलाई पनि भन्नु भएको छ, सकेको गर्छु ।’ सापकोटासहित चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारीमाथि वर्ष दिनअघि मात्र आफ्नै सहकर्मीकी छोरीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप छ ।

यो उजुरी पार्टी हेडक्वार्टरमा परेसँगै आहुतीको संयोजकत्वमा एउटा समिति गठन गरी यी दुई भाइलाई ६ महिना निलम्बन गरिएको थियो । उता, साँस्कृतिक विचलनमा परेका अर्का कलाकारको रुवावासी छ ।

नयाँ शक्तिमा बाबुराम भट्टराईका प्रिय प्रदीप देवानद्वारा झुक्याएर चार वर्षअघि सम्बन्धविच्छेद गरिएकी जेठी श्रीमती समक्ष केही दिनअघि दक्षिण गेट नजिकै रहेको होटलमा पुगी दुःख र पीडाको पहाड यसरी बिसाइएको थियो–‘खान पाइनँ, ऋणको भारी अचाक्ली बढ्यो ।’ उनले श्रीमतीलाई अझै पगाल्न खोज्दै भने ‘यसरी तिमी एक्लै, म पनि एक्लै कति दिन चल्छ, जे भयो–भयो ।

स्वीकार गर बूढी, फेरि मिलापत्र गरौं ।’ कोमल मनकी उनले देवानलाई आफूसँग भएको २४ हजार रुपैयाँ दिएर पठाइन् तर फेरि टुटेको सम्बन्ध जोड्न भने इन्कार गरिएको छ । प्रदीप र जेठी श्रीमतीको विवाह १५ वर्षअघि बाजा बजाएरै भएको हो । काठमाडौं भित्रिएपछि प्रदीप माओवादी बने । बीचमा जेल परे पनि आत्मसमर्पण गरेर छुटे । साथमा केही थिएन ।

थियो त जेठी श्रीमतीको आत्मविश्वास, साहस र मिहिनेत । त्यसकै प्रतिफलस्वरुप माइतीबाटै ऋण–धन गरेर ल्याएको रकमले होस्टल खोलिन् । होस्टल राम्रो चल्यो । पछाडि बाबुराम निकट माओवादी कार्यकर्ताको खाने–बस्ने ठाउँ नै बन्यो । त्यही होस्टलमा दर्जनौं पटक बाबुराम भट्टराई पुगेका छन् र गोप्य भेटवार्ता गरेका छन् ।

बीचमा बाबुराम प्रधानमन्त्री हुँदा स्वकीयको जिम्मेवारी पाए प्रदीपले । यही बीचमा आफू होस्टल एशोसिएसनको अध्यक्ष बन्छु भन्दै सोझी श्रीमतीलाई फसाएर झण्डै ८५ लाखभन्दा बढी मूल्यको होस्टल आफ्नो नाममा पारी त्यहीं काम गर्न राखिएकी केटी बोकेर हिंडे । झुक्याएर जेठी श्रीमतीसँग डिभोर्स मात्र गरेनन्, यसबापत २० लाख दिने भने पनि दिएनन् ।

काठमाडौं छाडेर हिंडेका उनको भएभरको सम्पत्ति कान्छीले खोक्रो पारेपछि प्रदीप चौतर्फी ऋणमा डुबेका छन् । त्यस्तैमध्येकी हुन् लक्ष्मी गुरुङ, जसलाई ४ लाख रुपैयाँ तिर्नुछ । यस्ता साहुको संख्या दर्जनौं छ । कान्छीले छाडेपछि हनुमानस्थानको चितवन तासनजिकै रुफटप होटल खोले तर चलेन ।

बीचमा हात्तीवनतिर डेरा लिएका उनी घट्टेकुलो आसपास बस्छन् । यसरी चौतर्फी ओरालो यात्रा शुरु भएपछि केही दिनअघि जेठी श्रीमती मनिताकहाँ पुगेर दुःख बिसाएका हुन् । उस्तै श्रीमती भए लाठाले हानेर लखेट्थे होलान् तर मनकारी जेठीले भने खान, लाउन पाइनँ भन्दै पुगेका धोकेवाज श्रीमान्लाई २४ हजार दिएर फिर्ता पठाई दिएको खबर जनआस्थाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा