महाअभियोगको चर्चासँगै दीपकराज जोशी पुनः घरविदामा



हाम्रो इकोनोमि

 

 

आफू विरुद्ध महाअभियोग लगाउन सत्तारुढ नेकपाका सांसदहरुको हस्ताक्षर संकलन भएका बेला सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी पुनः घरविदामा बसेका छन् ।

 

संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी लामो घरविदामा बसेका थिए ।

 

ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीले केही दिन इजलास पाएका थिएनन् । तर कानुनमन्त्री तथा न्यायपरिषद सदस्य भानुभक्त ढकालसँगको गोप्य सहमतिपछि उनलाई इजलास दिइएको स्रोतको दावी छ ।

 

जोशीले सो गोप्य सहमतिअनुसार राजीनामा नदिएपछि उनीविरुद्ध महाअभियोग लगाउन नेकपाका सांसदहरुको हस्ताक्षर संकलन भइसकेको छ । जोशीले सर्वोच्चमा फर्केर इजलास पाएपछि आफू राजीनामा दिएर बाहिरिने वचन तोडेको दावी सत्तापक्षका नेताहरुको छ ।

 

शैक्षिक प्रमाणपत्र नक्कली र विवादस्पद फैसलाहरुलाई कारण देखाउँदै जोशीलाई संसदले अस्वीकृत गरेको थियो । उनले राजीनामा नदिए महाअभियोग दर्ता गर्ने भनिएका बेला जोशी शुक्रबारसम्मका लागि विदामा बसेको स्रोतले जनाएको छ ।

 

यद्यपी जोशी निकट स्रोतले भने उनी सोह्रश्राद्धमा पितृ श्राद्ध गर्न घरविदामा बसेको र शुक्रबारपछि पुनः अदालत फर्किने दावी गरेको छ । जोशीले राजीनामा नदिने स्रोतको दावी छ । कांग्रसले जोशीविरुद्ध महाअभियोग नलगाउन सत्तापक्षलाई चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...