लुम्बिनी क्याम्पसमा नेविसंघकाे तोडफोड



हाम्रो इकोनोमि

 

नेपाल विद्यार्थी संघले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा तोडफोड गर्नुका साथै आगजनी गरेको छ । क्याम्पस प्रमुखले ११ जना शिक्षक तथा कर्मचारी भर्ना गरिगरेको आरोप लगाउँदै नेविसंघ क्याम्पस इकाइले तोडफोड तथा आगजनी गरेको हो।

 

नेविसंघका विद्यार्थीहरु शिक्षक नियुक्तिमा असन्तुष्टिसहितको ज्ञापन पत्र बुझाउने भन्दै क्याम्पस प्रमुख तारा प्रसा उपाध्यायको कार्यकक्षमा पुगेका थिए । तर उनीहरुले एकाएक कार्यकक्षमै तोडफोड गरेका हुन। विद्यार्थीहरुले प्रमुख उपाध्यायको कुर्चीमा मट्टीतेल छर्केर आगो लगाएका छन।

 

लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वको समूहले क्याम्पस प्रमुखको कुर्चीमा आगजनी गरेको हो। क्याम्पस प्रमुखको टेबुल, कुर्ची कप्यूटरमा क्षती पुगेको छ । कार्यकक्षभित्रै विद्यार्थीहरुले मटेटीतेल छर्केको क्याम्पस प्रशासनले जनाएको छ । विद्यार्थीहरुले उनीहरुले क्याम्पस प्रमुख चढ्दै आएको स्कार्पियो गाडीसमेत तोडफोड गरेका छन्।

 

क्याम्पस सञ्चालक समितिले भदौ ९ गते सूचना निकालेर प्रतिस्पर्धाका आधारमा शिक्षक नियुक्ति गरेको जनाएको छ। नयाँ नियुक्त गरिएका शिक्षक कर्मचारीहरु भनसुनका आधारमा गरेको आरोप नेविसंघले लगाएको छ । क्याम्पस प्रशासनले भने बैधानिक ढंगले शिक्षक कर्मचारी नियुक्ति गरिएको जनाएको छ। तोडफोडबाट क्याम्पसमा क्षति पुगेकाले अब के गर्ने भन्नेबारेमा सञ्चालक समितिको बैठकले निर्णय गर्ने क्याम्पस प्रमख ताराप्रसाद उपाध्यायले जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस
बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...