लुम्बिनी क्याम्पसमा नेविसंघकाे तोडफोड



हाम्रो इकोनोमि

 

नेपाल विद्यार्थी संघले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा तोडफोड गर्नुका साथै आगजनी गरेको छ । क्याम्पस प्रमुखले ११ जना शिक्षक तथा कर्मचारी भर्ना गरिगरेको आरोप लगाउँदै नेविसंघ क्याम्पस इकाइले तोडफोड तथा आगजनी गरेको हो।

 

नेविसंघका विद्यार्थीहरु शिक्षक नियुक्तिमा असन्तुष्टिसहितको ज्ञापन पत्र बुझाउने भन्दै क्याम्पस प्रमुख तारा प्रसा उपाध्यायको कार्यकक्षमा पुगेका थिए । तर उनीहरुले एकाएक कार्यकक्षमै तोडफोड गरेका हुन। विद्यार्थीहरुले प्रमुख उपाध्यायको कुर्चीमा मट्टीतेल छर्केर आगो लगाएका छन।

 

लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वको समूहले क्याम्पस प्रमुखको कुर्चीमा आगजनी गरेको हो। क्याम्पस प्रमुखको टेबुल, कुर्ची कप्यूटरमा क्षती पुगेको छ । कार्यकक्षभित्रै विद्यार्थीहरुले मटेटीतेल छर्केको क्याम्पस प्रशासनले जनाएको छ । विद्यार्थीहरुले उनीहरुले क्याम्पस प्रमुख चढ्दै आएको स्कार्पियो गाडीसमेत तोडफोड गरेका छन्।

 

क्याम्पस सञ्चालक समितिले भदौ ९ गते सूचना निकालेर प्रतिस्पर्धाका आधारमा शिक्षक नियुक्ति गरेको जनाएको छ। नयाँ नियुक्त गरिएका शिक्षक कर्मचारीहरु भनसुनका आधारमा गरेको आरोप नेविसंघले लगाएको छ । क्याम्पस प्रशासनले भने बैधानिक ढंगले शिक्षक कर्मचारी नियुक्ति गरिएको जनाएको छ। तोडफोडबाट क्याम्पसमा क्षति पुगेकाले अब के गर्ने भन्नेबारेमा सञ्चालक समितिको बैठकले निर्णय गर्ने क्याम्पस प्रमख ताराप्रसाद उपाध्यायले जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...