सुशासन समितिमा गृहमन्त्रीले भने निर्मला पन्त हत्यारा छिट्टै पक्राउ पर्छन्



हाम्रो इकोनोमि

 

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कार र हत्यामा संलग्न दोषी छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले घटनाबारे अझैं अनुसन्धान भइरहेको बताए ।

‘निर्मला हत्या र बलात्कारको घटनामा हिजोमात्रै उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ  । दोषीलाई छिट्टै काुनी दायरमा ल्याउँदै छौं । यसबारे अझैं अनुसन्धान भइरहेको छ’, गृहमन्त्रीले भने ।
निर्मला पन्त प्रकरणसहित अन्य यौन हिंसा, हत्या लगायतका घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही  गरिने बताउँदै थापाले  रौतहत र नवलपरासीमा महिलामाथि एसिड आक्रामण गर्नेलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए ।

निर्मला हत्याको २ दिनपछि नै सीआईबीलाई अनुसन्धानको लागि त्यसतर्फ पठाइएकोमा सुरक्षाकर्मीकै गल्तीका कारण छानबिनमा ढिलाइ हुन पुगेको उनले स्वीकारे । उनले गल्ती गर्ने तत्कालिन प्रहरी प्रमुखसहितका अधिकारीहरुलाई निलम्बन गरेर छानबिन टोली पठाएको पनि समितिमा जवाफ दिए ।

उनले सरकार गठनपछि मात्र यस्ता खालका घटना नघटेको दाबी गर्दै अहिले जनतामा आएको चेतानाका कारण यस्ता खालका घटना बढी मात्रामा सतहमा आएको बताए ।

‘सामाजिक, सांस्कृतिक चेतनाका कारण पनि यस्ता घटना घटेका छन् ।  हाम्रो पितृ सत्तात्मक पुँजीवादी सोचले यस्ता घटना घटेका छन्’ गृहमन्त्रीले भने, ‘पुँजीवादी समाजले महिलालाई भाग विलासको साधन मान्छ । यौन तृप्त गर्नका लागि यहाँबाट महिलाहरु विक्री भइरहेका छन् । नेपालमा मात्रै होइन विशवमा नै यसको समस्या छ ।’

उनले सबैभन्दा लोकतान्त्रिक भन्ने अमेरिकामा पनि बलात्कार र हत्याका घटनाहरु बाहिर आइरहेको बताउँदै सूचना प्रविधिमा आएको विकास र अत्याधिक मदिरा सेवन जस्ता कारणले पनि यस्ता घटना बढिरहेको बताए ।

उनले भने, ‘मामाले भान्जी, नातीले हजुरआमालाई बलात्कार गरेको घटना आइरहेको छ । यसको कारण अनियन्त्रित मदिरा विक्रि र सेवन हो । अर्को कारण इन्टरनेटमा विकृति फैलाउने सामग्री छन् । यसको प्रयोगले पनि यस्तो घटना बढेका छन् ।

पुँजीवादी र सामन्ती चिन्तनका कारण पनि यस्ता घटनालाई जन्माइरहेको उनको भनाई थियो ।

यस्ता खालका घटना रोक्नका लागि कठोर कानून बनाउन आवश्यक रहेकोमा जोड दिँदै गृहमन्त्रीले प्रगतिशील पुँजीवादी समाज बनाउन पनि जरुरी रहेको बताए ।

यस्ता घटना रोक्नका लागि सामाजिक रुपमा कदम चाल्न आवश्यक रहेको बताउँदै थापाले यसको कार्यान्वयन अनुरुप मदिरा नियन्त्रण अभियान सुरु भइरहेको पनि जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले निर्मला पन्तको हत्याका आरोपी घटनाको २ महिनासम्म पनि पक्राउ पर्न नसकेको भन्दै गृहमन्त्रीसँग जवाफ मागेका थिए । यस्तै महिला हिंसा र हत्याका घटना बढ्दै गएको प्रति पनि गृहमन्त्रीसँग जवाफ माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...