श्रीयाको बलात्कारपछि हत्या आरोपमा पौडेल पक्राउ



हाम्रो इकोनोमि

 

 

पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् ।

 

प्रहरीले शव भेटिएकै दिन मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो ।
प्रहरीले सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेको थियो । पाँच जनालाई पक्राउ गरेपनि पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्।

 

पोस्टमार्टको रिपार्ट अनुसार श्रीयाको योनांग सुन्निएको, टाउको र शरीरमा चोट लागेको देखिएको थियो ’ चिकित्सकहरुको भनाइ उद्धृत गर्दै श्रीयाको मामा कृष्ण सुनारले जानकारी दिए।

 

पौडेलले रक्सी र गाँजाको तालमा ललाइफकाई बलात्कार गर्न खोज्दा श्रीया नमानेपछि यातना दिएर बलात्कार गरी हत्या गरेको बयान दिएका छन्। यद्यपी, जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे अपराधी पत्ता लागिसकेको र दिउँसो पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने बताएको छ।

 

मंगलबार बिहान श्रीयाको शव भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न कुकुर परिचालन गरेको थियो। उक्त कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो। श्रीया बसिरहेको मामाघर र पौडेलको घर एक सय मिटरको फरकमा छ। पौडेलले सोमबार साँझ ५ः३० बजे मामाघरबाट बिस्कुट किन्न पसल हिँडेकी श्रीयालाई बीच बाटोमै नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेका थिए।

 

बालिका केही समयदेखि आमासँगै मामाघर बसेर अध्ययन गर्दै आइरहेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...