पत्रिका जफत भएकामा विरोध



 

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभा स्थलबाट ‘प्रकाश’ साप्ताहिक जफत भएको विषयमा आपत्ति जनाएको छ ।

 

महासङ्घका केन्द्रीय लेखा आयोगका पूर्व संयोजक दीपक पाण्डेको सम्पादनमा प्रकाशित सो साप्ताहिक सभा स्थलबाट प्रहरीले कब्जा गरेको भन्दै शाखाले आपत्ति जनाएको हो ।

 

शाखाका अध्यक्ष सन्तराम बिडारीले विज्ञप्ति जारी गरी पत्रिका वितरणमा रोक लगाउनु र जफत गरिनु स्वतन्त्र प्रेस एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा भएको बताउनुभएको छ ।

 

प्रेस विज्ञप्ती

 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा केन्द्रीय लेखा आयोगका पुर्व संयोजक दिपक पाण्डेको सम्पादनमा प्रकाशन हुँदै आएको प्रकास साप्ताहिक पत्रिका केही दिन अघि प्रज्ञाभवन कमलादीमा चलिरहेको नेपाल निर्माण व्यवसायी महासंघको साधारण सभा स्थलबाट प्रहरीले कव्जा गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखा गम्भिर आपत्ति प्रकट गर्दछ ।

 

साधारण सभास्थलमा सहभागिहरुलाई वितरकद्धारा वितरण गरिएको सो पत्रिका आधा जसो वितरण भइसकेपछि प्रहरीद्धारा एक्कासी लुटपाट गर्दै वितरणमा रोक लगाउनुका साथै जफथ गरिनु स्वतन्त्र प्रेस एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा छ ।

 

स्मरणीय छ, बिहिबार प्रकाशित सो पत्रिकामा ‘बुथमा लुट’ शिर्षकमा प्रहरीको अनियमितता सम्वन्धी समाचार समेत प्रकाशित भएको थियो । हामी सञ्चारकर्मी र सञ्चारमाध्यमहरुले स्वतन्त्रता र निर्भयतापूर्वक समाचार संकलन गर्न, प्रसारण तथा प्रकाशन गरेर जनताको सूसचित हुन पाउने हक माथि भएको निन्दनीय कार्यको घोर भत्र्सना गर्दछौं ।

 

लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रकाशित सामग्रीप्रति चित्त नबुझे त्यस उपर वैधानिक बाटो रोज्ने विकल्प हुँदा हुँदै पत्रपत्रिका जफथ गरिएको घटनाको खेद ब्यक्त गर्दै घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र जफत गरिएका पत्रिकाको क्षतिपूर्ति दिलाउन माग गर्दछौं । शन्तराम विडारी अध्यक्ष

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

     चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख

बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड

    सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

    चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक

पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ पदमुक्त

  पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ