सशस्त्र प्रहरीमा दश करोडको जग्गा खरिद गर्दा घोटला



 

सशस्त्र प्रहरी बलका विगतका चार पूर्व आइजीपीहरुमाथि पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको कहिल्यै नमेटिने कालो धब्बा लागेर सर्बाेच्च अदालतमा मुद्दा चलिरहेको छ । विगतमा ती चार आइजीपीले जुन ढंगले भ्रष्टाचार गरे भनेर अभियोग ब्यहोर्दैछन् , वर्तमान आइजीपी शैलेन्द्र खनालले उनीहरुकै पदचाप पछ्याउन थालेको आरोप छ ।

 

सशस्त्र प्रहरी अस्पतालका लागि जग्गा खरिद गर्दा आइजीपी खनालले जुन अनियमित काम गरेका छन्, त्यसले उनी पदमा रहँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्ने संभावना बढेको छ ।

स्रोतका अनुसार, सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालका लागि १० आना जग्गा १० करोड रुपैयाँमै खरिद गर्ने क्रममा सशस्त्र प्रहरीमा नांगो भ्रष्टाचार भएको बताइन्छ ।  बलम्बुस्थित अस्पतालसंगै जोडिएको सशस्त्रका पूर्व एसएसपीको ४ आना र बहालवाला इन्स्पेक्टरको ६ आनासमेत गरी १० आना जग्गा खरिद गर्दा सशस्त्रले टेण्डरसमेत नगरेको खुलासा भएको छ ।

सार्वजनिक खरिद ऐन नियममा टेण्डर गरेर मात्र खरिद गर्नुपर्ने ब्यवस्था छ । तर अस्पताल वरिपरि १ दिन भित्तामा जग्गा आवश्यक परेको सूचना टाँसेर गुपचुप रुपमा खरिद गरिएको थियो । सशस्त्रको कल्याणकारी सेवा केन्द्रका लेखाअधिकृत इन्स्पेक्टर महेन्द्र हमालको ६ आना र सशस्त्रकै पूर्वएसएसपी लक्ष्मी बस्यालको ४ आना जग्गा सशस्त्रले १० करोडमा खरिद गरेको स्रोको दावी छ । हमालको सा“ढे ४ तला घरसमेत थियो । बस्यालको जग्गा खाली थियो ।

खरिद प्रक्रिया सबै उल्लंघन गरी जग्गा किन्ने क्रममा सशस्त्रका आइजीपी शैलेन्द्र खनालकै निर्देश्नमा ४ करोड रुपैयाँ भन्दा बढी घोटाला गरिएको आरोप छ । सशस्त्र प्रहरीको अस्पताल रहेको क्षेत्रमा जग्गाको मूल्य प्रतिआना न्यूनतम २५ देखि बढीमा ३५ लाख रुपैयाँसम्म पर्छ । बढीमा ५० लाख आना हुँदा पनि ५ करोड हुन्छ ।

 

जग्गाको सबैभन्दा बढी मूल्य तिरेर भूकम्पले चिराचिरा पारेको र पछि टालटुल पारेको पुरानो घरको थप १ करोड दिंदा पनि ६ करोड भन्दा पर्दै नपर्ने जग्गा सशस्त्र प्रहरीले १० करोडमा खरिद गर्दा ४ करोड रुपैया“ घोटाला भएको सशस्त्रका अधिकारी बताउँछन् ।

कैलालीमा तालिम केन्द्र बनाउनका लागि सरकारले निकासा दिएको १० करोड रुपैया“ बजेट त्यहा“ खर्च नगरी आइजीपी खनालको ठाडो निर्देशनमा अस्पतालका लागि भनेर काठमाडौं न्यूरोडको भाउकै दाँजोमा १० करोडको जग्गा खरिद गरेको खुलेको छ । सिंहबहादुर श्रेष्ठ आइजीपी हुँदा पनि सशस्त्रको जग्गा खरिद गर्नका लागि कुरा उठेको थियो ।

 

श्रेष्ठले अस्पतालका तत्कालीन सुपरिटेन्डेन्ट प्राविधिक एसपी रुपम महर्जनलाई जग्गा आवश्यक पर्ने नपर्नेबारे बुझे । महर्जनले सशस्त्र प्रहरी अस्पतालका लागि पर्याप्त जग्गा भएकाले थप जग्गा आवश्यक नपर्ने जवाफ आइजीपी श्रेष्ठलाई दिएका थिए ।

पर्याप्त जग्गा अस्पतालका लागि भएकाले श्रेष्ठले जग्गा खरिद गरेनन् । तर खनाल आउनासाथ ४ करोड भन्दा बढी कमिसन आउने भएपछि अस्पतालका प्राविधिक एसपी महर्जनलाई हटाएर प्रशासनतर्फका एसएसपी हरिश्चन्द्र अधिकारीलाई सरुवा गरे ।

 

महर्जनबाट जग्गा खरिद गर्न सकारात्मक कुरा नआउने भएपछि उनले २०७५ जेठ १२ मा एसएसपी अधिकारीलाई सरुवा गरेका थिए ।

 

सशस्त्रको इतिहासमा अस्पतालमा प्राविधिक नै प्रमुख हुँदै आएका थिए । तर पहिलो पटक आइजीपी खनालले उक्त जग्गा खरिद गर्नकै लागि प्रशासनका एसएसपीलाई अस्पतालको प्रमुखमा पठाएर उनीबाट जग्गा र घर आवश्यक भएको राय लेख्न लगाए ।

 

र, भूकम्पले चिराचिरा पारेको घर सशस्त्रको लागि आवश्यक परेको भनी किनेका छन् । जुन घर साह्रै पुरानो हो । भूकम्पमा कामै नलाग्नेगरी छियाछिया भएको स्रोतको दावी छ ।

कल्याणकारी सेवा केन्द्रका लेखाअधिकृत हमालले नै भूकम्पले जर्जर बनाएको घर र जग्गा खरिदमा कमिसनको डिल गरेका थिए । जग्गा खरिदको सेटिङ सबै सशस्त्र मुख्यालयका लेखा अधिकृत गणेशबहादुर मल्ल र अस्पतालका एसएसपी अधिकारीले गरेको सशस्त्र प्रहरी  स्रोतले बताएको छ ।

 

मल्लले कमिशनको कुरा मिलाइसकेपछि सशस्त्रका आइजीपीले जग्गा खरिदको स्वीकृति दिएका थिए । मल्ललाई खनाल आइजीपी हुनासाथ लेखामा ल्याएका हुन् । उनले आफ्नो घर नै बिक्री गरी खनाललाई आइजीपी बनाउन शक्तिकेन्द्रमा लगानी गरेकाले केन्द्रीय लेखामा आउन सफल भएको निकटस्थहरुसंग बताउने गरेका छन् ।

साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र