जय भोलेले तोक्यो फूलपातिलाई रिलिज डेट



हाम्रो इकोनोमि

 

दशैको बिदामा हुन लागेको नेपाली फिल्मको ठूलो भिडन्त यो बर्ष टर्ने पक्का भएको छ ।

दशैमा छक्का पन्जा ३ र जय भोले रिलिज हुने फाइनल भएको थियो ।

तर, दुबै फिल्म एउटै मितिमा आउने तयारीमा लाग्दा फिल्म क्षेत्रमा ठूलै राजनीति हुने देखिएको थियो ।

तर, दुई फिल्मका निर्माताको सहमतीपश्चात अब यी दुई सिनेमा एक साताको अन्तरमा रिलिज हुने भएका छन् ।

छक्का पन्जा ३ असोज २४ गते घटस्थापनाको दिनबाट रिलिज हुने भएको छ ।

यस्तै, जय भोलेले असोज ३० गते फूलपातिको दिनलाई प्रदर्शन मिति तोकेको छ । सिनेमाको प्रदर्शन मितिसँगै पोष्टर पनि रिलिज भएको छ ।

अशोक शर्माको निर्देशनमा बनेको यो सिनेमामा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...