बिप्लवले किन पठाए बंगलादेश तिर पैसा ? प्रकाण्डको डायरीमा भेटियो यस्तो तथ्य



हाम्रो इकोनोमि

 

जसरी २०२६ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । र, चालिसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतमा आश्रय  लिए  ।

 

अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो रु

यसबारे तथ्य छिट्टै सार्वजनिक होला । तर, प्राप्त दस्तावेज र खर्च विवरणहरुले त्यस्तै देखाउँछ ।

 

प्रहरीद्धारा बरामद विभिन्न कागजातअनुसार बंगलदेशतर्फ सैन्यसम्बन्धी विविध सहयोगका लागि सम्पर्क र सहयोग भएको भुझिन्छ ।

 

हवाई मार्ग या फुलबारी नाकामध्ये कतै न कतैबाट चलखेल हुँदै गरेको दावी पुग्ने अभिलेख फेला परेको हो ।

 

प्रकाण्डबाट बरामद डायरीमा बंगलादेशको साथीलाई वीरबहादुरमार्फत ८ हजार र प्रविधिसम्बन्धी काममा बंगलादेश पठाएको १ लाख भन्ने हिसाब देखिएको छ ।  प्रविधि भनेको पक्कै पनि बम, विष्फोटक पदार्थ हुनुपर्छ ।

 

त्यो शीर्षकमा मात्रै ७८ लाख २४ हजार खर्च भएको छ । जनमुक्ति सेनातर्फ ४१ लाख ३९ हजार ६० रुपैयाँसहित जम्मा एक करोड १९ लाख ६३ हजार ६० रुपैयाँ सेना र प्रविधिमा खर्च भएको विवरण छ ।

 

यो ०७३ चैत ४ देखि ०७५ असार मसान्तसम्मको खर्च हो, जो खड्ग बिकको डायरीमा फेला परेको छ ।

 

यद्यपी अहिले वार्ताको माध्यमबाट उक्त समुहलाई टेस्ट गर्ने, प्रकाण्डलार्य ६ वटा जिल्ला घुमाईसकेको हुँदा अब त्यो उपक्रम साकेतिक नाम भनेको त मिल्दोजुल्दो हुनुपर्ने नि ।

 

तर, नयाँ ढगबाट सैन्य अभ्यासमा लागेको विप्लव समहुले आफुसँग रहेका या संकलित हुन सक्ने तियारलाई पार्टी पंक्तिले मात्र बुझ्ने गरी कोड नाम राखेको पाईएको छ ।, यो खबर आज प्रकाशितजनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...