नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा थुनामुक्त



हाम्रो इकोनोमि

 

सर्वोच्च अदाललते नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा -प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चको आदेशसँगै उनी रिहा भएका छन् ।

न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो । सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

तर, प्रकाण्डलाई पुन पक्राउ गरिएको भन्दै सर्वोच्चले भनेको छ, आदेशको सम्मान भएको नदेखिउकाले नेपाल सरकार, गृह मन्त्रालयका सचिवलाई आवश्यक कार्यार्थ यो आदेशको प्रतिलिपी पठाउनू ।’

सर्वोच्च आदेशसँग प्रकाण्ड थुनामुक्त भएका छन् । यसपटक भने उनलाई प्रहरीले पुनः पक्राउ गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...