नापी र मालपोतका मालदार अड्डामा सरुवाको बोलकबोल



हाम्रो इकोनोमि

 

भूमिब्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको भूमि ब्यवस्थापन विभाग र नापी विभागमा सरुवाको मौसम सुरु भएको छ । सरुवाका लागि भूमि ब्यवस्थापन विभागका महानिर्देशक मुक्ति आचार्यले प्रशासनका उपसचिव रत्नमान उदासलाई जिम्मा दिएका छन् ।

 

उदासले महानिर्देशक आचार्यकै चाहनामा काठमाडौं उपत्यकालगायतका मालपोत कार्यालयका खरिदार, नासु र अधिकृतहरूलाई सरुवा नगर्ने सर्तमा दररेट अनुसार घुस संकलन गर्न थालेका छन्  असोजमा मन्त्रालयले २ बर्ष पुगेका कर्मचारीको सरुवा गर्ने भएकाले पनि मालपोतका कर्मचारीहरू थमौती गर्नका लागि दररेट अनुसार खर्च गर्ने गर्दछन् ।

 

उपत्यकाका मालपोत कार्यालयका खरिदार र नासुका लागि ५ लाख र अधिकृतका लागि १० लाख रुपैयाँ घुसको दर तोकिएको छ । काठमाडौं उपत्यकाका मालपोत कार्यालयको हाकिमका लागि १५ लाख रुपैयाँ घुसको दररेट तोकिएको विभाग स्रोतले बताएको छ ।

 

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले पनि काठमाडौं उपत्यकाका नापी कार्यालयका सर्भेक्षकका लागि ५ लाख, नापी अधिकृतका लागि १० लाख र प्रमुख नापी अधिकृतका लागि १५ लाखको दररेट तय गरेको कर्मचारी स्रोत बताउछ ।

 

भूमिसुधार विभागमा महानिर्देशक आचार्यले उपसचिव रत्नमान उदासलाई रकम असुलीका लागि परिचालन गरे पनि नापी विभागमा महानिर्देशक भट्ट आफैंले मोलमोलाई गर्दैआएका छन् ।

 

भूमिसुधार विभागका आचार्य र नापीका भट्ट दुवैले भूमि ब्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालको नाममा घुस माग्ने गरेको दावी  स्रँेतको छ । केपी ओली नेतृत्वको सरकारका अति जुझारु मन्त्री अर्यालले सरुवा बढुवा पारदर्शी गर्ने प्रतिबद्धता जाहेर गरिरहेको बेला उनको मन्त्रालय अन्तर्गत सरुवा गर्ने वा थमौती गर्ने भनेर घुसको बार्गेनिङ भइरहेको छ ।

 

मन्त्रीलाई थाहा नै नभए पनि उनको नाममा २ बर्ष पुगेका काठमाडौं उपत्यकालगायतका पोखरा, हेटौंडा, इटहरी, झापा, बिराटनगर, दाङ, चितवन जस्ता ठाउँमा थमौती गर्ने वा सरुवा गर्ने भनेर असुली आतंक नै मच्चाइएको छ ।

 

यसैगरी मन्त्री अर्याल विदेश भ्रमणमा गएको मौका छोपी भूमिब्यवस्था मन्त्रालयका सचिव गोपी मैनालीले विवादास्पद सहसचिव टीकाराम घिमिरेलाई मन्त्रालयमा ल्याएका छन् । उनलाई सरकारले २०७५ बैशाख २६ मा वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेको थियो । सरुवा भएको करीब साँढे तीन महिनापछि उनी रमाना लिएर वन मन्त्रालयमा गएका थिए ।

 

तर, वनले पनि उनी विवादास्पद सहसचिव भएकाले हाजिर गराउन मानेन । वनले हाजिर गराउन नमानेका विवादास्पद सहसचिव घिमिरेलाई सचिव मैनालीले मन्त्रीसँग सल्लाह नै नगरी भूमि ब्यवस्था मन्त्रालयमा ल्याएको बताइएको छ ।

 

सचिव मैनालीले निर्वाचन आयोगमा रहँदा प्रमुख आयुक्त र आयुक्तहरूसँग पैंठोजोरी खेलेर सरुवा भएका थिए । अहिले भूमिब्यवस्था मन्त्री पद्मा अर्याललाई अप्ठेरोमा पार्न उनी लागेका छन् ।

 

भूमिसुधारका अधिकारीहरू भन्छन्, सहसचिव घिमिरे सचिव मैनालीसंग नापी र मालपोत कार्यालयहरूको सरुवामा सेटिग मिलाउने मुख्य ब्यक्ति हुन् । काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरूबाट एक बर्षको बीचमा गैरकानूनीरुपमा कित्ताकाट गर्ने क्रममा अर्बौं घुस कारोबार भएको थियो ।

 

त्यसको हिस्सा सेटिगका आधारमा कार्यालय प्रमुखहरूसँग लिंदै सचिव मैनालीलाई बुझाउँदै आएका कारण घिमिरेलाई मन्त्री नभएको मौका पारी मन्त्रालयमा हाजिर गराउने काम मैनालीले गरेका छन् ।

 

सहसचिव घिमिरे २०२१ मा मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारको प्रधानमन्त्री निवाससँगैको १ सय ४२ रोपनी जग्गा कानून विपरीत गुठी कायम गर्ने मुख्य ब्यक्ति रहेको आरोप लाग्दै आएको छ ।सचिव मैनालीले मन्त्री अर्याललाई घेराबन्दीमा राख्न सल्लाह नै नगरी मन्त्रालयको कानून महाशाखाको प्रमुख र लेखाको प्रमुख ल्याएको मन्त्री निकट कर्मचारी स्रोत बताउछ । साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...