निर्मला हत्या ‘व्यक्ति हैन समूह’बाट, गृहमन्त्री संसदमा गोलमोटल बोले



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामबहादुर थापाले सरकार हत्या हिंसा रोक्न सक्षम रहेको भन्दै आफुहरुसित त्यसका लागि भिजन र नीति दुबै भएको बताएका छन् । भरखरै घटेका घटना र निर्मला पन्त हत्याको छानविनबारे राष्ट्रिय सभालाई जानकारी गराउँदै गृहमन्त्री थापाले सरकारले हत्या, हिंसा रोक्छ भने ।

 

गृहमन्त्री थापाले निर्मला हत्याको छानविनबारे पछिल्लो अपडेट दिन्छु पटक–पटक भने, तर कतै जान हतार भएजस्तो र कसैले थाहापाउने जस्तो गरी उच्चस्तरीय छानविन समितिले प्रतिवेदन बुझाएको कुरा मात्रै भने । उनले त्यसक्रममा गोलमोटल जवाफ दिए । उनले प्रष्टसँग कुरै भनेनन् ।

 

तर, प्रतिवेदनका आधारमा एउटा कुरा चैँ, उनले चुहाएका छन् । उनले सम्बोधन गर्दा बलात्कारीहरु, हत्याराहरु, भने । गृहमन्त्रीले लिखतमै हेरेर बोलेका थिए ।  गृहमन्त्रीको भनाईबाट निर्मला बलात्कार तथा हत्याका घटनामा समूहनै रहेको पुष्टि भएको छ । निर्मला हत्याको छानविनबारे बोल्नुअघि उनले विदेशबाट फर्किएका महिलाबारे पनि बोले ।

 

यस्तो छ, गृहमन्त्रीको भनाई- सम्पादित 
तपाई हामीलाई थाहा छ । हरेक दिन दुई तीन जना दिदीवहिनीहरु बलात्कृत भएर आफ्नो मानसिक सन्तुलन गुमाएर यो देशमा भित्रिने गरेका छन् । हरेक दिन लास आउँछन् । त्यस्ता निर्मलाहरुमाथि किन यस्तो भइराखेको छ ।

 

किन हामी यसलाई रोक्न सकिरहेका छैनौँ । यो गम्भीर प्रश्न छ । यसलाई रोक्ने प्रयास अहिलेको सरकारले गरेको छ । यो सरकारसित त्यस किसिमको भिजन छ । नीति छ । नेतृत्व छ र हामी यसलाई रोक्छौँ ।

 

रोक्नै पर्छ, यदि हामीले सम्वृद्ध नेपाल बनाउने हो भने र सम्मानीत राष्ट्र हामीले निर्माण गर्ने हो भने, यस किसिमका अपराधलाई हामीले रोक्नै पर्छ । यो तपाई हाम्रो दायित्व हो । जो अहिले निर्मलाको सन्दर्भमा प्रश्न उठिराखेको छ ।

 

पछिल्लो अपडेट म यहाँहरुलाई जानकारी गराउन चाहन्छु । योबारेमा यसअघि पनि मैले जानकारी गराएको छु । साउन १० गतेदेखि यहाँसम्म आउँदा विकसित भएका घटनाक्रमबारे अध्ययन गरी हत्यारालाई कानुनको कट्घरामा उभ्याउनको लागि सरकारले आफ्नो पुरै जोड लगाएको छ ।

 

प्रतिनिधि सभामा पनि यहाँ पनि । पछिल्लो अपडेट गराउँदा निर्मला बलात्कार तथा हत्याकाण्डबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले रिपोर्ट पेश गरेको छ ।

 

प्रारम्भिक रिपोर्ट यसअघि आएको थियो । त्यो रिपोर्टका अनुसार अनुसन्धानमा खटाएका निकायको लापर्वाही तथा गम्भीर गल्तीले हत्यारा, बलात्कारीलाई कानुनको कट्घरामा ल्याउन सकेका छैनौँ ।

 

गैर जिम्मेवार व्यक्तिहरुलाई हामीले निलम्बन गरेका छौँ । पछिल्लो समय जो रिपोर्ट छानविन समितिले दिएको छ, त्यसको आधारमा हामीले छानविन र अनुसन्धानलाई तिब्र बनाएका छौँ । एउटा उच्चस्तरी अनुसन्धान टोली पनि निर्माण गरेका छौँ । छानविन रिपोर्टका आधारमा अनुसन्धानलाई तिब्र बनाइएको छ । ती हत्याराहरु, बलात्कारीहरुलाई कानुनको कट्घरामा उभ्याउन सफल हुनेछौँ, यो कुरा रिपोर्टमा छ ।

 

 निर्मला घटनाबारेको पछिल्लो अपडेट यही हो । यो छानविन अघि एक जनाको गोली लागेर मृत्यु भयो । एउटा दुखद घटना भयो । घाइते अस्पतालमा छन् ।

 

उपचार भइरहेको छ । यी दुखद घटनाहरु पनि भए । घाइतेको स्वास्थ्य उपचारलाई सरकारले अघि बढाइरहेको छ । र, अनुसन्धानलाई पनि तिब्र बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
फाइल खोल्ने धम्की कसलाई दिएको : पद्मा आर्याल

     नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की...

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट

    अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने...

ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्धको जहाज काठमाडौं फर्काइयो

    काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...