देउवाको शक्तिशाली सभापति बन्ने सपनामा डा. शंशांकका कारण यसरी बज्दैछ खतराको घण्टी



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शक्तिशाली सभापति बन्ने चाहना अब अधुरै रहने भएको छ ।

 

महामन्त्री डा. शशांक कोइरालाले देउवालाई आगामी महाधिवेशनमा सभापति पदको लागि कडा टक्कर दिने भएका छन् ।

 

कोइराला परिवारबाटै अबको सभापति बन्ने भनेर महामन्त्री शशांकले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारबाटै उद्धघोष गरिसकेका छन् ।

 

उता अर्का नेता अर्जुननरसिंह केसीले पनि अब पूनः सभापति बन्ने सपना नदेखे हुन्छ भन्दै सभापति देउवालाई कडा चूनौति दिईसकेका छन् ।

 

महामन्त्री कोइराला निकट एक नेताले दिएको जानकारी अनुसार सभापति देउवाको शक्तिशाली सभापति बन्ने सपना अब कोइराला परिवारले ध्वस्त बनाउने छ ।

 

उनले भने,‘कोइराला परिवार एकजुट भैसकेको छ । अबको महाधिवेशनमा कुनैपनि हालतमा सभापति कोइराला परिवारबाटै हुनेछन् ।’

 

तर, सभापति देउवा भने फेरी पनि आफू सभापति बन्न चाहन्छन् । मनोनित गर्ने प्रणालीमा जान चाहन्छन् ।

 

देउवाले आफूलाई शक्तिशाली बन्ने सपनासहित आन्तरिक तयारी थालेसँगै पहिलोपटक देउवाविरुद्ध सशांकले मैदानमा उत्रिने घोषणा गरेका छन् । सभापतिमा कसलाई अगाडि सार्ने भनेर कोइराला परिवार यतिवेला छलफलमा जुटेको छ ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...