दोहोरो अंकले बढ्यो सेयर बजार, एक अर्बभन्दा बढीको कारोबार



 

सेयर बजारमा उछाल आएको छ । बैंक तथा बित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो ।

 

 

यस्तै, बित्तीय संस्थाहरुले मार्जिन लोनलाई सहज बनाएसँगै लगानीकर्ता उत्साहित भएका छन् । बैंकिङ प्रणालीमा प्रशस्त तरलता हुँदा बैंक तथा बित्तीय संस्थाहरुले प्रतिस्पर्धामा मार्जिन लोनको अफर गर्न थालेपछि यसले बजारमा सकारात्मक प्रभाव पारेको हो ।

 

कर्जा सहज रुपमा पाइन थालिएपछि लामो समयसम्म ‘पर्ख र हेर’को रणनीतिमा बसेका ठूला लगानीकर्ता, म्युचुअल फण्डहरुले समेत बजारमा खरिदारी बढाएका छन् । बजारमा पछिल्लो समय लङटर्मका लागि लगानी गर्नेहरुको बोलवाला बढ्न थालेको देखिएको छ।

 

यी सबै कारणले बजारमा उछाल आएको हो । मंगलबार नेप्से परिसूचकले २२.३७ अंकले बढेर १२८०.०५ विन्दू चुम्यो भने १ अर्ब ७ करोड बढीको कारोबार भयो ।

 

निकै दिनपछि कारोबार रकमले एकअर्ब माथिको उत्साहप्रद यात्रा तय गरेको हो ।

 

नेप्से परिसूचक दोहोरो अंकले बढ्नु र कारोबार रकममा समेत उछाल आउनुले बजार निकै मजबुत भई बुलिस ट्रेण्डमा कुद्ने तयारीमा रहेको बुझ्न सकिने विश्लेषकहरुले बताएका छन् । उनीहरुले यो बेला सेयर खरिदारीको बेला भएकोले अवसरको उपयोग गर्दै लगानी गर्नुपर्नेमा जोड दिए ।

 

यो दिन बजारलाई उछालको गतिमा कुदाउने महत्वपूर्ण भूमिका बैंकिङ समूहले गर्यो । यो समूहको परिसूचक २९.५२(२.६७ प्रतिशत) अंकले बढ्यो । यस्तै, निर्जीवन बिमा समूह ६४.६५ अंकले बढेको यो दिन जीवन बिमा समूहको सूचकमा ३७.३६ अंकको बढोत्तरी भयो ।

 

होटल समूह २२.७८ अंक, व्यापार समूह २.७९ अंक, विकास बैंक समूह ३७.८२ अंक, जलविद्युत समूह ७.३४ अंक, बित्त समूह ५.५९ अंक, उत्पादनमूलक १०.९४ अंक र माइक्रोफाइनान्स समूह १०.५५ अंकले बढे ।

 

यो दिन ‘क’ वर्गका कम्पनीमा उच्च खरीद चाप भएका कारण सेन्सेटिभ इण्डेक्स ५.३१ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.०५ अंकको बढोत्तरी भयो ।

 

अन्य समूहको सूचकमा १.९४ अंकको गिरावट आयो ।

 

धेरै कारोबार गर्ने कम्पनी

यो दिन बजारमा १ सय ७३ कम्पनीका ४२ लाख १५ हजार ६ सय ५१ कित्ता सेयर १ अर्ब ७ करोड ४२ लाख ३८ हजार ३४ रुपैयाँमा किनबेच भएको छ ।

 

सबैभन्दा बढी प्रभू बैंकले ८ करोड ५१ लाख बढीको कारोबार गरेको छ भने एनआइसी एशियाले ५ करोड ९८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ५ करोड ४९ लाख, जनता बैंक नेपालले ५ करोड ४० लाख, नेपाल बैंकले ५ करोड ३३ लाख, एनएमबी बैंकले ४ करोड ८८ लाख, सानिमा बैंकले ४ करोड ३६ लाख, कुमारी बैंकले ४ करोड २३ लाख, प्राइम कमर्सियल बैंकले ४ करोड १२ लाख र एनसीसी बैंकले ३ करोड ५४ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा वाणिज्य बैंकको एकछत्र राज देखियो ।

 

धेरै कमाउने र गुमाउने कम्पनी

यो दिन भार्गव विकास बैंकका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.८२ प्रतिशतले वृद्धि भयो । यस्तै, सनराइज बैंकको सेयर मूल्य ८.१६ प्रतिशतले बढ्यो भने प्रभू बैंकको सेयर मूल्यमा ७.३६ अंकको बढोत्तरी भयो ।

 

यो दिन गोर्खाज फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ४.५४ प्रतिशतको गिरावट आयो ।

 

 

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु