बढाएको भाडा फिर्ता गर्न सत्तारुढ विद्यार्थी संगठनको चेतावनी



हाम्रो इकोनोमि

 

सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवद्ध अनेरास्ववियूले सरकारलाई दवाव दिन सुरु गरेको छ ।

 

अनेरास्ववियूले मंगलबार काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गर्दै यातायातमा १० प्रतिशत वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो ।

 

दसैं जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले जनघात हुनेगरी यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दवाव आन्दोलन सुरु गर्नु परेको अनेरास्ववियूका सचिव सुदेश पराजुलीले जानकारी दिए ।

 

अनेरास्ववियू पशुपति बहुमुखी क्याम्पस कमिटीले आह्वान गरेको प्रर्दशनमा सहभागिहरुले दुई तिहाई बहुमतको सरकारले जनताको अपेक्षा विपरितका काम गर्न नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

 

उनीहरुले सरकारलाई जनअपेक्षा विपरित कुनै पनि गतिविधि नगर्न पनि सचेत गराउदै यातायातमा बढाएको १० प्रतिशत भाडादर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...