सत्तारुढ दलका सांसदको छोरा पक्राउ गर्न प्रहरी परिचालन



हाम्रो इकोनोमि

 

रौतहट जिल्लामा भएको डुंगा दुर्घटनाको मुख्य कारण समयमा पुल निर्माण नहुनु रहेको भन्दै पुल बनाउने जिम्मा लिएको ठेकदार कम्पनीमाथि उजुरी परेपछि पक्राउ गर्न प्रहरी परिचालन भएको छ ।

 

भदौ ८ गते गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा भएको डुंगा दुर्घट्नाको कारण समयमा पुल निर्माण नहुनु रहको भनी पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ ।

 

सुमित रौनियारका बाबु हरिनारायण प्रसाद रौनियार संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रसा जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा सांसद छन् । बाबुले नै छोरालाई जोगाउन थालेका छन् ।

 

सांसद हुनु अगाडि हरिनारायणले नै पप्पु कन्ट्रक्सन हेर्दै आएका थिए । सांसद भएपछि सबै जिम्मेवारी छोरा सुमित रौनियारलाई दिएका छन् । बाबु छोरा सगोलमा बस्छन् ।

 

जिल्ला प्रहरी कार्यालयले यसअघि रौनियारलाई सम्पर्कमा आउन गर्न पत्राचार गरेपनि अटेर गरेपछि अदालतको आदेश लिएर पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

 

रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले गौरको टिकुलीया घाटमा भएको डुंगा दुर्घटनाका विषयमा केही कुरा बुझ्न भनी बोलाउँदा अटेर गरेकाले पक्राउ पुर्जी जारी गरिएको बताए ।

 

रोनियारलाई पक्राउ गर्न प्रहरी खटाइसकिएको छ । भदौ ८ गते लालवकैया नदीमा निमार्णधीन पुलको पिलरमा डुंगा ठोकिएर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो ।

 

डुंगामा भएका २४ जना पौडिएर बाँचेका थिए । डुंगा दुर्घनापछि सदरमुकाम गौरमा पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको माग गर्दै प्रदर्शन पनि भएको थियो ।

 

२०७१ साल असार २९ गतेबाट निर्माणको काम सुरु गर्ने ठेकेदारले सम्झौता गरेका थिए । घाटको पुल निर्माण सम्पन्न गर्ने अन्तिम समय २०७४ असार २५ गते थियो । पुलको काम पप्पु कन्ट्रक्सनले करीब आधा मात्रै गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...