विद्यासुन्दर शाक्यलाई पूर्व न्यायाधीशको जग्गा हडपेको किन लाग्यो यस्तो वात्



हाम्रो इकोनोमि

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो जग्गामा जाने बाटो फराकिलो पार्न पूर्वन्यायाधीशकै जग्गामा जबर्जस्ती गरेका छन्।

 

काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित उच्च अदालतका पूर्वन्यायाधीश चित्रदेव जोशीको जग्गा जबर्जस्ती मिचेर मेयर शाक्यको जग्गामा जाने बाटो फराकिलो पारिएको छ।

 

ग्याब्लाबाट जिल्ला अस्पताल पुग्न दुई दिन लाग्छ । सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गर्ने आसमा तीन दिन हेलिकोप्टर कुरेर छोरो गुमाएका थाक्चे शेर्पाको परिवार शोकमा डुबेको छ ।

 

‘गाउँमा मोटरबाटो पुगेको छैन, स्वास्थ्य संस्था टाढा छ’, तेन्जिङका दाजु डन्डुले भने, ‘हेलिकोप्टरसमेत आउन नसकेपछि भाइलाई बचाउन सकेनौं ।’ दाँत दुखाइकै कारण मृत्यु हुनु दुःखद् भएको लेलेपकै पेम्बा टाँसी शेर्पाले बताए ।

 

 

त्यस्तै, मिक्वाखोला गाउँपालिका–४ साँवाका पदमसुन्दर थलङलाई २०७४ असारमा झाडापखालाले च्याप्यो । स्ट्रेचरमै बोकेर अस्पताल लैजाँदै गर्दा लिवाङको छिपछिपेमा २५ वर्षीय थलङको प्राण गयो ।

 

ताप्लेजुङका प्रायः ग्रामीण क्षेत्रबाट जिल्ला अस्पताल पुग्न दुईदेखि चार दिनसम्म लाग्ने गर्छ । यहाँका धेरै बिरामीले अस्पतालको मुखसमेत देख्न पाउँदैनन् भने कतिपयले बाटोमा ल्याउँदा–ल्याउँदै ज्यान गुमाएका घटना धेरै छन् ।

 

 

वर्षमा तीन–चार जनाले स्वास्थ्य संस्था नपुग्दै ज्यान गुमाउने गरेको साँवाका मोतीहाङ लिम्बूले बताए । गाउँका सर्वसाधारणलाई स्वास्थ्यबारे चेतना अभाव रहेकाले पनि उपचारमा स्वास्थ्य संस्था पुग्न ढिलाइ हुने गरेको उनको भनाइ छ ।

 

‘बिरामी परेपछि एक–दुई दिन निको हुन्छ कि भनेर पर्खिने चलन छ अनि घरेलु उपचार र धामी लगाइन्छ’, उनले भने, ‘त्यसपछि मात्रै अस्पताल लाने सुरसार हुन्छ, जुन बेलासम्म बिरामीको अवस्था नाजुक भइसकेको हुन्छ ।’

 

 

जिल्ला अस्पतालमा महिनामा आठ–दस जना बिरामी रोगले च्यापेर अन्तिम अवस्थामा मात्र आउने गरेको अस्पताल प्रमुख डा. सचिन यादवको भनाइ छ ।

 

‘त्यसमध्ये धेरैलाई यहाँबाट पनि रेफर गर्नुपर्ने हुन्छ, कति त गरिबीका कारण बाहिर जान सक्दैनन्’, उनले भने, ‘त्यस्तालाई आफन्तको सल्लाहमा जोखिम मोलेरै पनि उपचार गरेका छौं ।’

 

 

नागरिकलाई घरदैलोमै सेवा दिन भन्दै स्थानीय सरकार गठन भए पनि स्थास्थ्य क्षेत्रमा त्यसको महसुस भने हुन नसकेको स्थानीयको भनाइ छ । ‘दुर्गमका सर्वसाधारणलाई आकर्षक नारा दिएर नेताहरू जनप्रतिनिधि निर्वाचित भए, प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल खोल्ने भनियो’, फुङलिङका कृष्ण पौडेलले भने, ‘गाउँमा भएका स्वास्थ्य चौकी जीर्ण छन् ।

 

ती कतिपय कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन्, स्थानीय सरकारका प्रमुख, उपप्रमुखले यसतर्फ ध्यान दिएकै छैनन् ।’

 

 

फक्ताङलुङ–६ का वडाध्यक्ष छोवाङ शेर्पाले जनता नै सचेत नहुन्जेल यस्ता समस्या समाधान हुन नसक्ने बताए । ‘स्थानीय तहमा बजेट सानो हुन्छ’, उनले भने, ‘त्यसबाट केही गर्न सकिँदैन ।’

 

चौधौं योजनाको कार्यनीतिमा स्वास्थ्य तथा पोषणसम्बन्धी व्यापक जनचेतना जागृत हुने कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको भए पनि स्थानीय सरकारले नीति तथा कार्यक्रममा त्यसलाई समेटेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...